८ वैशाख २०८१ शनिबार
राजनीति

काठमाडौंको मेयरमा ६ जनाको उम्मेदवारी दर्ता, ठूला दलको प्रतीक्षा हुँदै

मेयरमा उम्मेदवारी दर्ता गराउँदै साझा पार्टीका किशोर थापा। तस्विरः केशव थोकर

काठमाडौं—काठमाडौं महानगरपालिकाको मेयरमा दिउँसो २:१५ बजेसम्म ६ जनाको उम्मेदवारी दर्ता भएको छ। मेयरमा साझा पार्टीका किशोर थापा, विवेकशील नेपालीकी रञ्जु दर्शना तथा राष्ट्रिय जनमोर्चाका डा.निर्मल कुमार थापाले उम्मेदवारी दर्ता गराएका छन्।

ठूला दलको तर्फबाट उम्मेदवारी दर्ताको प्रतीक्षा भइरहेको छ।

उपमेयरमा तीन जनाको उम्मेदवारी दर्ता भएको छ। साझा पार्टीकी उम्मेदवार निरुपमा यादब, राष्ट्रिय जनमोर्चाकी उम्मेदवार ऋतु सापकोटा केसी एवं स्वतन्त्र उम्मेदवार जनिशा भट्टराईको उम्मेदवारी दर्ता भएको छ।

यसैगरी देशभक्त पर्यावरणीय सामाजिक मोर्चाका सुरेन्द्रप्रसाद ढकाल, स्वतन्त्र उम्मेदवार अमोट महर्जन, स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्।

उपमेयरमा तीन जनाको उम्मेदवारी दर्ता भएको छ। साझा पार्टीकी उम्मेदवार निरुपमा यादब, राष्ट्रिय जनमोर्चाकी उम्मेदवार ऋतु सापकोटा केसी एवं स्वतन्त्र उम्मेदवार जनिशा भट्टराईको उम्मेदवारी दर्ता भएको छ।

नेपाली कांग्रेसले काठमाडौंको मेयरमा राजुराज जोशी र उपमेयर पदमा भने हरिप्रभा खड्कीलाई उम्मेदवार बनाउने टुंगो लगाए पनि उनीहरु उम्मेदवार दर्तास्थल राष्ट्रिय सभागृह आइपुगेका छैनन्।

एमाले संसदीय दलमा उम्मेदवारको टुंगो लगाउन अध्यक्ष केपी ओली, बरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुको बैठक जारी छ।

माओवादी केन्द्र एवं राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट पनि मेयरमा उम्मेदवारी दर्ता गराउन नेताहरु आइपुगिसकेका छैनन्।

प्रकाशित: १९ वैशाख २०७४ ०८:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App