coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

वीरेन्द्रनगरमा तीन जानाले गरे मेयरमा मनोनयन दर्ता, कांग्रेस एमालेले गर्दै

सुर्खेत- बैशाख ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि सुर्खेतमा मनोनयन दर्ता सुरु भएको छ। मूख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म वीरेन्द्रनगर नगरपालिकाको प्रमुखका लागि दुई स्वतन्त्रसहित तीन जनाको उम्मेदवारी परेको छ। वीरेन्द्रनगर नगरपालिकाको प्रमुखका लागि शिक्षण पेशा छोडेर राजनीतिमा आएका गेहेन्द्रप्रसाद दहाल र खडानन्द लामिछानेले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

यस्तै प्रमुख तीन दल मध्ये नेकपा माओवादी केन्द्रले वीरेन्द्रनगरको मेयर, उपमेयरसहित सबै वडाका लागि उम्मेदवारी दर्ता गराएको छ । माओवादी केन्द्रका तर्फबाट नगर प्रमुखका लागि रत्न गाहामगरले उम्मेदवारी दिएका छन्।

वीरेन्द्रनगर नगरपालिकाको उपमेयरका लागि एक स्वतन्त्रसहित तीन जनाको उम्मेदवारी परेको छ। उपप्रमुखका लागि नेकपा माओवादी केन्द्रकी हरिमाया शर्मा, समाजवादी जनता पार्टीबाट गोमा कामी र स्वतन्त्रतर्फ भोजप्रसाद चपाईले उम्मेदवारी दर्ता गराएका छन् । पाँच नगरपालिका र चार गाउँपालिका रहेको सुर्खेतका अन्य गाउँपालिका र नगरपालिकामा उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

 

प्रकाशित: १९ वैशाख २०७४ ०८:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App