८ वैशाख २०८१ शनिबार
खेल

रोनाल्डो र एमबाप्पे केन्द्रमा रहने

पेरिस- च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति हुने सेमिफाइनल पहिलो लेगको खेलमा स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र उदीयमान नायक केलियन एमबाप्पे केन्द्रमा रहनेछन्। रोनाल्डो र रियाल मड्रिडले शहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई घरमा निम्त्याउँदा एमबाप्पेलेको आक्रमणप्रेरित मोनाकोले युरोपकै ठूलो क्लबमध्येको एक युभेन्ट्सलाई आतिथ्य प्रदान गर्नेछ।

सान्टियागो बेर्नाबेउमा उत्रँदा एट्लेटिको र अर्जेन्टिनाका प्रशिक्षक डिएगो सिमोनीसँग बदलाभाव हुनेछ भने फरवार्ड एन्टोनी ग्रिजम्यान सबैभन्दा कडा निगरानीमा हुनेछन्।

२०१४ र २०१६ मा डर्बी क्लब रियालसँग च्याम्पियन्स लिगमा भोगेको पराजयलाई बिर्साउने प्रयासमा हुनेछ, एटलेटिको मड्रिड। सहरको छोटो भ्रमणमा निस्कँदा एट्लेटिकोले आफ्नो मुख्य रक्षक जोजे मारिया जिमिनेजलाई भने गुमाउने भएको छ। त्यस्तै यानिक कारास्कोले पनि खेल्नेमा शंका छ। उनी भिल्ला रियालविरुद्धको खेलमा घाइते भएका थिए। तर, केभिन गामेरियोको पुनरागमनबाट भने सिमोनी उत्साहित छन्।

गत सप्ताहान्तमा लस पाल्मसमाथि ५–० को नतिजा निकाल्दा सिमोनीको एट्लेटिकोले उत्कृष्ट रक्षापंक्तिको छविलाई बिर्साउँदै आक्रामक फुटबल पस्केको थियो। जसमा केभिन गामेरियोले दुई गोल गरेका थिए।

तर, जिनेदिन जिदानको रियाल घरेलु मैदानमा परिचित प्रतिद्वन्द्वीलाई पन्छाउँदै च्याम्पियन्स लिग उपाधि जोगाउने यात्रालाई सहज बनाउने दाउमा हुनेछ। स्पेनिस ला लिगामा बार्सिलोनासँग उपाधि होडमा प्रतिस्पर्धा गरिरहेको रियालले शनिबार भ्यालेन्सियामाथि ३–२ को संघर्षपूर्ण नतिजा निकालेको थियो।

‘पूरै रंगशालाका दर्शक हाम्रोविरुद्ध भएको अवस्थामा जित हात पार्न कठिन थियो,’ भ्यालेन्सियाविरुद्ध विजयी गोल गरेका रक्षक मार्सेलोले भने, ‘तर, हामीले हामी को हौं भनेर सबैलाई देखाइदिएका छौं।’  रोनाल्डोले रियाललाई अग्रता दिएका थिए तर उनले पेनाल्टी खेर फालेका थिए। तर, च्याम्पियन्स लिग क्वार्टरफाइनलअन्तर्गत बायर्न म्युनिखविरुद्धको क्वार्टरफाइनलमा रोनाल्डोले ह्याटि्रक पूरा गर्दै प्रतियोगितामा १ सयौं गोलको कीर्तिमान आफ्नो नाममा लेखाएका थिए।

गारेथ बेल घाइते भएपछि पोर्चुगलका स्टारलाई कोलम्बियाका हामेस रोडरिग्वेजले सघाउने सम्भावना छ। ‘उनले राम्रो खेलिरहेका छन् र उनलाई दिइएको जिम्मेवारी राम्रोसँग निभाएका छन्। उनको प्रदर्शनबाट म खुसी छु र टोलीकै प्रदर्शनबाट पनि,’ रोडरिग्वेजको पक्षमा बोल्दै जिदानले भने।

अविश्वसनीय टोलीका रूपमा सेमिफाइलन यात्रा तय गरेको मोनाकोका प्रशिक्षक लियोनार्दो जर्दिमलाई राडामेल फल्काओ र युवा फरवार्ड एमबाप्पेको साथ रहनेछ। एमबाप्पेले म्यानचेस्टर सिटी र बोरुसिया डर्टमन्डविरुद्ध पनि गोल गरेका थिए।

गत साताको अन्त्यमा अर्को महत्व गोल गर्दै मोनाकोलाई २००० पछि पहिलो पटक फ्रेन्च लिग वानको उपाधि नजिक पुर्‍याएका १८ बर्षे एमबाप्पेलाई थिएरी अनरीसँग तुलना गर्न थालिएको छ। उनलाई जारी सिजन एमबाप्पेको साथ रहँदा इटालियन क्लब युभेन्ट्स कप्तान तथा गोलकिपर ३९ वर्षे जियानलुइगी बुफोनको प्रेरणामा हुनेछ। अभ्यासका क्रममा प्रभावशाली मिडफिल्डर टिएमोए बाकायोकोको नाकमा चोट लागेका कारण युभेन्ट्सविरुद्ध खेल्नेमा शंका छ। इटालियन सिरी ‘ए’ मा अन्तिम मिनेटमा गोल खाएपछि युभेन्ट्सले एटलान्टासँग २–२ को बराबरी खेलेको थियो।

‘हाम्रो गल्तीबाट हामीले पाठ सिकेका छौं र मोनाकोविरुद्ध खेल्नका लागि मानसिक रूपमा तयार छौं,’ युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलेग्रीले भने। एलेग्री जुन ३ मा कार्डिफमा हुने फाइनलका खेलमा अर्जेन्टिनाका फरवार्ड गोन्जालो हिग्विनले उत्कृष्ट प्रदर्शन गर्ने प्रतीक्षामा छन्।

च्याम्पियन्स लिग क्वार्टरफाइनलअन्तर्गत बायर्न म्युनिखविरुद्धको क्वार्टरफाइनलमा रोनाल्डोले ह्याटि्रक पूरा गर्दै प्रतियोगितामा १ सयौं गोलको कीर्तिमान आफ्नो नाममा लेखाएका थिए।

प्रकाशित: १९ वैशाख २०७४ ०५:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App