७ वैशाख २०८१ शुक्रबार
खेल

स्पेनको सानदार जित ,टर्की समुह चरणबाटै बाहिरियो

एजेन्सी–डिफेन्डिङ च्याम्पियन स्पेन फ्रान्समा जारी युरो कप २०१६ मा लगातार दोस्रो जित हात पार्दै नकआण्ट चरणमा प्रवेश गरेको छ ।
गए राति सम्पन्न खेलमा स्पेनले टर्कीलाईको ३—० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ३८ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए ।त्यसको तीन मिनेटपछि नै नोलिटोले गोल गर्दै टोलीको अग्रता २—० मा पुर्याएका थिए । मोराटाले खेलको ४८ औं मिनेटमा थप एक गोल गर्दै टोलीको अग्रता ३—० मा पुर्याएका थिए। त्यसपछि खेलमा कुनै गोल भएन र खेल ३–० गोल अन्तरले जित्दै स्पेन नकआउट चरणमा प्रवेश गरेको हो। लगातार दोस्रो हार व्यहोरोको टर्की भने समुह चरणबाटै बाहिरिएको छ।

 

प्रकाशित: ४ असार २०७३ ०१:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App