८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

जङफुड डन्डिफोरका कारण

भूपाल बानियाँ, पोषणविद्

छालामा पोषण तत्व कमी भए विभिन्न डण्डिफोर र खटिरा देखा पर्छन्। त्यसकारण छाला र पोषणको निकै सम्बन्ध हुन्छ। बिषजन्य प्रोटिनको मात्रा रगतमा बढि भएमा धेरै समस्या हुन्छन्। यस्तो प्रोटिनको संलग्नता समुद्री माछा, मासु अण्डा र स्टोबेरीमा हुन्छ। छाला धेरै पोषण तत्वको कमी अथवा बढिको पहिलो सूचक पनि हो। जस्तै भिटामीन 'ए' को कमीले गर्दा कपाल र छालामा समस्या देखा पर्न सक्छन्। भिटामिन 'बी' को कमीले मुखमा खटिरा र घाउ आउन सक्छ।

भिटामिन 'सी' को कमीले स्करभी र घाउ निको नहुन सक्छ भने भिटामिन 'डी' को कमीले छालाको टिबीलाई सहयोग पुर्‍याउँछ। क्याल्सियमको मात्रा धेरै भए पिम्पल र खटिरासँग हुन्छ भने म्यागनिसियमको मात्रा थोरै भए मुसा र अन्य खटिरा देखा पर्छन्।

यस्ता समस्या भए धेरै तरकारी खानुपर्छ।

डण्डिफोरबाट बिशेष गरी (१४–२१) वर्षसम्मका युवायुवती पीडित हुन्छन्। उनीहरूले गर्ने खानपान जस्तै, धेरै तेलजन्य पदार्थ, पिरोजन्य खाना, जंक खाना (चाउचाउ, बर्गर आदि)ले उनीहरूको अनुहार बिगारिदिने गर्छ। अनुहार डण्डिफोर आउन नदिन धेरै सागसब्जी, फलफूल, दालजन्य र थोरै चिल्लो पदार्थ सेवन गर्नुपर्छ। भिटामिनको मात्रा बढाउन लौका, हरियो सागपात, फर्सी, स्याउ, अम्बा, सुन्तला, अनारको नियमित सेवन गुर्नपर्छ। यस्ता खानेकुरा खाए अन्य रोगबाट पनि बच्न सकिन्छ।

बढी कोष उत्पादन अथवा शरीरमा नचाहिएको कोष बन्नु नै क्यान्सर हो। क्यान्सर चिकित्साशास्त्रको प्रमुख चुनौती बन्दै आएको छ। क्यान्सरका कारण विभिन्न छन्। अनुसन्धानले खानाबाट क्यान्सर रोकथाम अथवा न्यूनीकरण गर्न सकिने देखाएको छ।

रक्सी, चुरोट सेवन तथा सूर्तीजन्य वस्तुको सेवनबाट मुख, फोक्सो, घाँटीमा क्यान्सर लाग्छ। धेरै मात्रामा चिल्लो पदार्थको सेवनबाट स्तन र पेटको क्यान्सर हुने सम्भावना बढि हुन्छ साथै धेरै मासु खानाले आन्द्राको क्यान्सर हुने सम्भावना हुन्छ।

क्यान्सर एक दीर्घ रोग भएकोले विभिन्न उपचार पद्धति जस्तै केमोथेरापी, रेडियोथेरापी र सर्जरी लागू गरिन्छ। यस पद्धतिको उपचारबाट रोगीमा शारीरिक पोषण तत्व कमी हुन जान्छ र रोगीलाई निकै असर पार्छ। त्यसकारण खाना मिलाएर खान सके, पोषण तत्वको समन्वय गर्न सकिन्छ र रोगबाट लड्ने शक्ति निर्माण गर्न सकिन्छ।

क्यान्सर रोगीलाई सचेतपूर्वक पोषणको सल्लाहको खाँचो हुन्छ। क्यान्सरले शारीरिक कोषबाट निकै पोषण तत्व घटाउने भएकोले रोगीमा मानसिक, पाचन क्रियामा र अन्य शारीरिक समस्या देखा पर्न सक्छन्। त्यसैले खानेकुराको सन्तुलन मिलाउन सके बिरामीलाई हानीबाट बचाउन सकिन्छ।

क्यान्सरपीडितले दिनमा प्रोटिनजन्य वस्तु जस्तै मासु, माछा, अण्डा, दूध र दाल ५० ग्राम भन्दा माथि खानुपर्छ। बिरामीले फलफूल र तरकारीको मात्रा उचित मात्रामा सेवन गर्नुपर्छ। खानाले संक्रमण समस्या आउने भएकोले धेरै दुध, दही सेवन नगर्दा उचित हुन्छ।

क्यान्सरपीडितले उपचार पद्धतिबाट विभिन्न समस्या झेल्न सक्छन्। त्यसैले खानामा ध्यान दिनसके राम्रो हुन्छ। रिंगाटा लागे र वान्ता आए थोरै खाना धेरै पटक सेवन गर्नुपर्छ। खानामा फलफूल सलाद तथा जुस खाना खानुभन्दा १ घण्टाअगाडि खानु बेश हुन्छ। बिरामीलाई भोक नलागेको अवस्थामा अथवा नरुचेको अवस्थामा धेरै पोषण तत्व मिलाएर सेवन गर्नुपर्छ। यस्तो अवस्थामा धेरै प्रोटिनको मात्रा र धेरै क्यालोरी पाइने वस्तुको सेवन गर्नुपर्छ।

मुख र घाँटी दुखेमा हलुका र सादा खाना खानुपर्छ र मसलादार खाना बार्नुपर्छ। निल्न समस्या भए झोलजन्य वस्तु साथै तेल र ध्यूको मिश्रण भएको खाना र सानो टुक्रामा भएको खाना सेवन गर्नुपर्छ।

भोक नलागेको अवस्थामा बिस्तारै खाना खाने, पानीको मात्रा खाना खानु भन्दा आधा घण्टाअगाडि नखाने र मुख सुख्खा भए झोलजन्य वस्तुको मात्रा बढाउने र तरकारी गेभ्री बनाएर सेवन गर्नुपर्छ।

प्रकाशित: १९ वैशाख २०७४ ०४:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App