८ वैशाख २०८१ शनिबार
राजनीति

महाभियोग फिर्ता लिन पूर्वप्रधानन्यायाधीशको आग्रह

काठमाडौं- चार पूर्वप्रधानन्यायाधीशले सुशीला कार्कीविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन्। महाभियोग लगाउनुपर्ने उचित र पर्याप्त कारण भए पनि सावधानीपूवर्क र संवेदनशील भएर प्रक्रिया अपनाउनुपर्ने उल्लेख गर्दै उनीहरुले संयुक्त विज्ञप्तिमार्फत महाभियोग प्रस्ताव गम्भीर छलफल र विचारविमर्श नगरी आएको टिप्पणी गरेका छन्।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, अनुपराज शर्मा र मीनबहादुर रायमाझीद्वारा सोमबार जारी विज्ञप्तिमा 'राजनीतिक तहको क्रियाकलापले न्याय सम्पादन गर्ने क्रियाकलाप बिथोलिएको' उल्लेख छ। संविधान कार्यान्वयनको शैशव अवस्थामा विचाराधीन मुद्दालाई प्रभावित पार्ने, न्यायिक आदेश निर्देश कार्यान्वयनमा सहयोग नगर्ने, न्यायपालिकालाई कमजोर पार्ने र अनावश्यक विवादमा तान्ने काम भएको भन्दै उनीहरुले महाभियोग न्यायिक स्वतन्त्रता कुण्ठित हुनेगरी ल्याएको महसुस भएको उल्लेख गरेका छन्।

'आरोपको लामो र अमूर्त फेहरिस्तमात्रै उल्लेख गरेर, महाभियोग लगाउनुपर्ने कुनै तार्किक आधार र कारणको अभावले कुनै अदृश्य स्वार्थ आग्रह वा पूर्वाग्रहबाट प्रेरित भई निरीह राजनीतिक स्वार्थ पूरा गर्ने अभिप्रायले प्रस्ताव ल्याइएको महसुस भएको छ', विज्ञप्तिमा भनिएको छ, 'अमूर्त आरोपमात्रै महाभियोगका लागि पर्याप्त हुन सक्दैन।'

प्रकाशित: १९ वैशाख २०७४ ०२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App