coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रपतिले प्रधानमन्त्रीलाई सोधिन्- 'निर्वाचनवारे के भइरहेको छ?'

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान र कानुन अनुसार अघि बढ्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेकी छिन्। प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध आइतबार संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि सोमबार बिहान प्रधानमन्त्री दाहाललाई शीतल निवास बोलाएर संविधान र विधि विधान अनुसार अघि बढ्न सचेत गराएकी हुन।

आग्रह र पूर्वाग्रहको आधारमा सरकार र राजनीतिक दलहरु अघि बढ्न लागेको प्रति असन्तुष्टी जनाउँदै राष्ट्रपतिले स्थानीय तह निर्वाचनका सम्बन्धमा सरकारले गरेको तयारीबारे जानकारी मागेकी छन्। झन्डै तीन घण्टा लामो भेटमा भण्डारीले स्थानीय निर्वाचनबारे देखिएको अन्योलताबारे प्रधानमन्त्रीसँग जिज्ञासा राखेकी थिइन्।

जवाफमा प्रधानमन्त्री दाहालले प्रधान न्यायाधीश कार्कीसँग भेट्ने प्रयास गर्दा पनि नसकेको र पार्टी नेता वर्षमान पुनलाई भेटका लागि पठाएको राष्ट्रपतिलाई जानकारी गराएका थिए। पहिलो पटक प्रधानमन्त्री हुँदा सेनापति प्रकरण भएको र अहिले फेरि प्रधान न्यायाधीशको विषय आएको भन्दै प्रधानमन्त्रीले निर्यता व्यक्ति गरेको स्रोतको दाबी छ।

प्रधानमन्त्रीले तोकिएकै समयमा निर्वाचन हुने बताएको स्रोतको भनाइ छ। प्रधानमन्त्रीले तोकेको समयमा निर्वाचन गर्न सरकारका तर्फबाट सबै तयारी पूरा भएको जबाफ राष्ट्रपतिलाई दिएका थिए।

राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले राष्ट्रपति र प्रधानमन्त्रीबीच स्थानीय निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी भएको बताए। 'स्थानीय निर्वाचन र पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे कुराकानी भएको थियो,' शर्माले भने। राष्ट्रपति र प्रधानमन्त्रीको भेट नियमित भएको शर्माले दाबी गरेपनि राष्ट्रपतिले विकसीत घटनाक्रमका बारेमा जानकारी लिन प्रधानमन्त्रीलाई शीतल निवास बोलाएका थिए। 

स्रोतका अनुसार प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाभियोगबारे पनि राष्ट्रपति र प्रधानमन्त्रीबीच कुराकानी भएको थियो।

राष्ट्रपति भण्डारीलाई सोमबार दिउँसो उपप्रधान तथा स्थानीय विकास मन्त्रीसमेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापाले पनि भेटेका थिए।

प्रकाशित: १९ वैशाख २०७४ ०२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App