१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तेह्रथुम प्रजाङ बस्तिका ३३ घरमा बिजुली पुग्यो, स्थानीय हर्षित

तेह्रथुम– फेदाप गाउपालिका वडानम्बर २ साबिक ओयाक्जुङ गाबिसको प्रजाङ बस्तीमा केद्रीय विद्युत् बिस्तार भएसंगै स्थानियबासीहरु हर्षित भएका छन् । विद्युतको अभावमा टुकी र घरेलु बत्ती प्रयोग गर्दै आएका ओयाक्जुङ ६ प्रजाङ बस्तीका स्थानियहरु गाउँमा विद्युत बिस्तार भएपछि हर्षित भएका हुन्।

प्रजाङ वस्तीको ३३ घरमा जडान गरिएको केन्द्र्रय विद्युतलाईनको सोमबार  एक औपचारिक कार्यक्रमको आयोजना गरी उद्घाटन गरियो । कार्यक्रममा साविक ओयाक्जुङ गाविसका पूर्व गाविस अध्यक्ष भैरव चौलागाईंले विजुलीको चिम बालेर उद्घाटन गरे।

प्रजाङवस्तीमा विद्युत बिस्तारका लागी विद्युत प्राधिकरणको १५ लाख, गाबिसको ८० हजार र स्थानीय उपभोक्ताहरुको १ लाख २० हजारको जनश्रम गरी कुल १७ लाखको लागतमा बिजुली बिस्तार कार्य सम्पन्न भएको बिद्युत  उपभोक्ता समितीका सदस्य सबिना मादेम्बाले बताइन्।

स्थानीयबासीले विद्युत् प्राधिकरणबाटै बिजुली  बाल्न पाउनु पर्ने माग सहित पटक पटक आन्दोलन गरेका थिए । साबिक गाबिसमा रहेको सामुदायिक  ग्रामिण बिद्युत सहकारी सस्था मार्फत वडाहरुमा बिद्युत बिस्तार हुँदै आए पनि आफूहरुले विद्युत प्राधिकरण मार्फतनै बिजुली बाल्नु पर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएका थिए।

स्थानीय प्रजाङबासीले बिद्युत प्राधिकरणबाटैै बिजुली बाल्ने माग गरे पछि सोहि अनुसार विद्युत बिस्तार गरिएकोे नेपाल विद्युत प्राधिकरणका प्रमुख दीपक दाहालले बताए।

प्रकाशित: १८ वैशाख २०७४ १२:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App