coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अवैध सामानले भरिएको ट्रक प्रहरी नियन्त्रणमा

अवैध समानले भरिएको ट्रक इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा। तस्बिरः मदन ठाकुर

रौतहट– अवैध सामानले भरिएको एउटा ट्रकलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ। भारतबाट भन्सार छलेर ल्याएइको कपडाजन्य सामानले भरिएको ट्रक भन्ने सूचनाको आधारमा रौतहट प्रहरीले ना १ ख ८३७१ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ गरिएको ट्रकलाई इलाका प्रहरी कार्यालय गरुडामा राखिएको छ। ट्रकभित्र कपडा, स्पेय पार्टस, भाँडाकुँडा लगायतका सामग्री रहेको प्रहरीले जनाएको छ। ट्रकमा रहेको सामानमध्ये केहीको भन्सार नभएको र केहीको भ्याट बिल नभएको विशेष सूचनाको आधारमा ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी यज्ञविनोद पोखरेलले जानकारी दिएका छन्।

पशुपति क्यारियर्स गौरबाट हिँडेको ट्रकमा लाखौँको सामान भएको प्रहरीको अनुमान छ। ट्रकलाई मध्यमाञ्चल क्षेत्रीय राजस्व कार्यालय पथलैया बुझाउने तैयारी भएको रौतहट प्रहरी प्रमुख पोखरेलले बताए।

 

 

प्रकाशित: १८ वैशाख २०७४ १२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App