coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी

काठमाडौं— पत्रकार महासंघ काठमाडौं शाखा केन्द्रीय सभासद छनौट विवादका कारण नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको छ। 

नेपाल प्रेस युनियन, प्रेस सेन्टर, प्रेस सोसाइटी, क्रान्तिकारी पत्रकार महासंघ, प्रगतिशील पत्रकार संघसहित ६ संगठनका काठमाडौं शाखा प्रतिनिधिले सोमबार दिउँसो पिंगलास्थानस्थित केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका हुन्।

काठमाडौं शाखाको केन्द्रीय सभासद छनौट गर्दा विधानविपरित गई केन्द्रीय सभासदमा फारम भरेकाहरुलाई प्रदेश सभासदमा छनौट गरिएको एवं १० जना नपुर्‍याई सभासद बनाइएको भन्दै उनीहरु विरोध जनाएका हुन्।

 

प्रकाशित: १८ वैशाख २०७४ ११:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App