८ वैशाख २०८१ शनिबार
राजनीति

गोरखा नगरमा कांग्रेसबाट पन्त, नयाँ शक्तिबाट कुमाल

गोरखा- लामो रस्साकस्सी पछि नेपाली कांग्रेस गोरखाले स्थानीय तहमा गोरखा नगरपालिकामा मेयर(उप मेयरका टुङ्गो लगाएको छ । मेयरमा महासमिति सदस्य समेत रहेको पूर्व नगर सभापति राजराज पन्तले टिकट पाएका छन् भने उप मेयरमा महिला नेतृ बिना श्रेष्ठ छिन् ।

त्यस्तै पालुङ्टार नगरपालिकामा नगर सभापति दिपक कंडेल र उप मेयरमा चेतकुमारी श्रेष्ठले नेपाली कांग्रेसबाट स्थानीय चुनावमा प्रतिपर्धा गर्ने भएका छन् । यी दुबै नगरपालिकामा जिल्लाले उमेद्ववार छनौट गर्न नसकेपछि केन्द्रिले सोमवार छनौट गरेको नेपाली कांग्रेस गोरखाले जनाएको छ ।

यस्तै नयाँ शक्ति नेपालले गोरखा नगरपालिकाको मेयरमा केन्द्रीय परिषद सदस्य एवं पूर्व सांसद समेत रहेका ज्ञानेन्द्र कुमाललाई उमेद्ववार छनौट गरेको छ । सोमकनर सदरमुकाममा पत्रकार सम्मेलन गर्दै नयाँ शक्तिले पालुङ्टार बाहेकमा गाउँपालिका र नगर सबैमा उमेद्ववारको टुङ्गो लगाएको हो । वडा स्तरमा भने परिवार दल र संघीय समाजवादी फोरमसँग कार्यगत एकता गरेर अघि बढ्ने योजना रहेको जिल्ला संयोजक रमेश पोखरेलले बताए ।

 माओवादी केन्द्रले यस अघि नै उमेद्ववारको टुङ्गो लगाईसकेको छ भने एमालेले दुबै नगरपालिकामा अझै उमेद्ववार टुङ्ग्याउन सकेको छैन । गाउँपालिका र वडा स्तरमा भने सबै दलले उमेद्ववारको टुङ्गो लाइसकेका छन् ।

 

 

 

प्रकाशित: १८ वैशाख २०७४ ११:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App