७ वैशाख २०८१ शुक्रबार
राजनीति

महाअभियोग फिर्ता नलिए राजावादी मोर्चाले आन्दोलन गर्ने

काठमाडौं– राजसंस्थावादी वृहत राजनीतिक मोर्चाले प्रधानन्यायाधीश सुशिला कार्कीमाथि पेस गरेको महाअभियोग प्रस्ताव तत्काल खारेज नगरिए कडा आन्दोल गर्ने चेतावनी दिएको छ।

मोर्चाल सोमबार रिपोर्टर्स क्लब नेपालामा पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो। स्वतन्त्र संवैधानिक निकायमाथि वर्तमान नेतृत्व पूर्वाग्रही रुपमा प्रस्तुत भएको आरोप लगाउँदै मोर्चाले प्रधानन्यायाधीश कार्कीमाथिको महाअभियोग प्रस्ताव खारेजीको माग गरेको हो।

मोर्चामा आवद्ध लोक कल्याणकारी जनता पार्टीका अध्यक्ष किशोरी महतो, विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियका महासचिव अस्मिता भण्डारी, नेपाल समता पार्टीका पासाङ गोपर्मा, मितेरी पार्टी नेपालका अध्यक्ष घनेन्द्र कहादुर बस्नेत, नेपाल राष्ट्रवादी पार्टीका अध्यक्ष दोर्जे लामा, राष्ट्रिय नागरिक पार्टीका अध्यक्ष सिदार्थ अधिकारी, नेपाली समता पार्टीका अध्यक्ष पासाङ गोर्पमा र महा–सचिव विक्रम कुँवर लगायतले कार्कीको पक्षमा बोलेका थिए।

 

प्रकाशित: १८ वैशाख २०७४ ११:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App