७ वैशाख २०८१ शुक्रबार
समाज

आठ वर्षीय बहिनीलाई बालात्कार गर्ने पक्राउ

महोत्तरी– महोत्तरीको एकडार गाउँपालिका ३ भटौलिया (साविकको भटौलिया–५) बस्ने आठ वर्षीया आफ्नै बहिनीलाई बलात्कार गर्ने २२ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार पक्राउ परेका २२ वर्षीय परिवर्तित नाम ‘२१ जलेश्वर ३’ ले वैशाख ९ गते शुक्रबार राति एक बजे हाडनातामा पर्ने वर्ष ८ की वालिका परिवर्तित नाम ‘२१ जलेश्वर (ट)’ लाई आफ्नो घरदेखि सय  मिटर उत्तरतर्फ रहेको सडक छेउको बगंैचामा लगी बलात्कार गरेका  थिए।
 
बलात्कार गरेलगत्तै उनी पक्राउ पर्ने डरले फरार भएका थिए। प्रहरीले पिडकको खोजविन तीव्र पारेपछि उनी धनुषा जिल्लाको फुलगामा गाउँमा लुकिछिपी बस्दै आएका थिए।

गोप्य सूचनाको आधारमा आइतबार साँझ जिल्ला प्रहरी कार्यालय महोत्तरी र धुनुषा फुलगामा नजिकको प्रहरी चौकीको संयुक्त प्रहरी टोलीले उनलाई फुलगामा गाउँबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी राजकुमार लम्सालले बताए।

प्रकाशित: १८ वैशाख २०७४ १०:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App