coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

प्राइम केन्द्रीय कार्यालय उद्घाटन

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीबि नेपालले कमलपोखरीस्थित प्राइम कमर्सियल बैंकको नवनिर्मित केन्द्रीय कार्यालयको उद्घाटन गरेका छन् । साथै विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंकलाई प्राप्तिपछिको एकीकृत कारोबार समेत सुरु भएको बैंकले जनाएको छ । 

प्राइम कमर्सियल बैंकका अध्यक्ष उदयमोहन श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ, प्राइम कमर्सियल बैंक प्रमुख कार्यकारी अधिकृत श्रीनारायण दास मानन्धर, तीनै वित्तीय संस्थाका सञ्चालक र बैंकका कर्मचारीको उपस्थिति रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका बैंकलाई आठ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन जारी भएअनुसार बैंकले विभिन्न वित्तीय संस्थालाई मर्जर÷प्राप्तिसमेत गरी आफ्नो पुँजी बढाउने योजना अन्तर्गत विराटलक्ष्मी र कन्ट्री डेभलपमेन्ट बैंकलाई प्राप्ति गरिएको बैंकले जनाएको छ । दुई बैंक प्राप्तिपछि बैंकको चुक्ता पुँजी ६.३२ अर्ब पुगेको छ भने निक्षेप ५९.६९ अर्ब तथा कर्जा ५४.९८ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

 

प्रकाशित: १८ वैशाख २०७४ ०९:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App