coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पोखरा फाइनान्सका तीन शाखा

काठमाडौं – पोखरा लेखनाथको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले पोखरा लेखनाथको आदर्शचोक, विरौटा र वालिड्ड रामबाच्छा बजारमा तीन नयाँ शाखाको औपचारिक रुपमा उद्घाटन गरेको छ । 

विरौटा शाखाको उद्घाटन संस्थाका अध्यक्ष  भुवनसिं गुरुङ, लेखनाथ शाखा र रामबाच्छा शाखा क्रमशः सञ्चालक सुन्दर गुरुङ र सञ्चालक अर्जुनकुमार गुरुङले उद्घाटन गरेको फाइनान्सले जनाएको छ । कार्यक्रममा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले वित्तीय संस्थाले चुक्ता पुँजी वृद्धिका लागि नयँ सेयर (एफपिओ) निष्कासनका साथै १५ प्रतिशत हकप्रद सेयर जारी गर्ने बताइएको छ । 

फाइनान्सको चुक्ता पुँजी ५५.७४ करोड रुपैयाँ रहेको यस वित्तीय संस्थाले २०७३ चैत मसान्तसम्ममा निक्षेप तीन अर्ब ४३ करोड रहेको जनाएको छ । साथै कर्जा तीन अर्ब २८ करोड रुपैयाँ रहेको छ भने सञ्चालन मुनाफा १२ करोड रुपैयाँ रहेको फाइनान्सको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: १८ वैशाख २०७४ ०९:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App