coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

महाअभियोग प्रस्तावविरुद्ध ३ बजे माइतीघरमा प्रदर्शन

साझा पार्टी कार्यालयमा प्रदर्शनको तयारी। तस्विर सौजन्यः रवीन्द्र मिश्र/ट्विटर

काठमाडौं— प्रधान न्यायाधीशल सुशीला कार्कीलाई महाअभियोग प्रस्ताव दर्ताविरुद्ध सोमबार माइतीघर मण्डलामा प्रदर्शनको तयारी गरिएको छ।

दिउँसो ३ बजेदेखि सुरु हुने प्रदर्शनमा नागरिक समाज तथा राजनीतिक दलहरु समेत सहभागी हुँदैछन्। माइतीघरबाट सुरु हुने र्‍याली नयाँ वानेश्वरसम्म पुग्नेछ।

प्रदर्शनमा रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी एवं विवेकशील नेपाली दल पनि सहभागी हुँदैछन्।

सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध प्रतिशोध लिनेगरी महाअभियोग प्रस्ताव दर्ता गराएका थिए। लोकमानसिंह कार्कीको नियुक्ति बदर, माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ अादेश एवं सुडान घोटालामा तीन पूर्व अाइजिपीलाई जेल सजाय जस्ता फैसलाका कारण उनी सर्वसाधारणमा लोकप्रिय बनेकी थिइन्। 

प्रकाशित: १८ वैशाख २०७४ ०८:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App