coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

१५ वर्षीया छोरी बलात्कार गर्ने पक्राउ

नयाँ दिल्ली – भारतमा सौतेनी छोरीमाथि बलात्कार गरेको आरोपमा ५१ वर्षीय एक पुरुषलाई प्रहरीले प्रक्राउ गरेको छ ।
उनले विगत केही वर्षदेखि लगातार १५ वर्षीया छोरीलाई बलात्कार गर्दै आएता पनि बालिका गर्भवती भएपछि मात्र उक्त कुरा खुलासा भएको थियो ।

बालिकाको पेट अस्वाभाविक रुपमा दुख्न थालेपछि उनलाई उनकी आमाले नजिकैको अस्पताल पुर्याएकी थिइन् । उनको स्वास्थ्य परीक्षण गर्दा उनी १०५ दिनकी गर्भवती भएको खुलेपछि उनीहरूले उनका बाबु विरुद्व प्रहरीमा उजुरी गरेका थिए । 

प्रहरीका अनुसार अपराधीले उनलाई मादक पदार्थको सेवन गराइ अचेत बनाएर पटक पटक बलात्कार गर्दै आएका थिए ।

पीडित बालिका उनकी आमा तथा दुई भाइहरूको साथमा बस्दै आएकी थिइन् । उनी तीन वर्षकी हुदाँ उनको आफ्ना बाबुको मृत्यु भए पश्चात् उनकी आमाले अर्काे विवाह गरेकी थिइन् ।

उनकी आमा र भाइहरू घरमा नभएको समयमा सौतेनी बाबुले बलात्कार गरी यस बारे कसैलाई भनेमा ज्यान मार्ने धम्की दिँदै आएका थिए  ।

उक्त बाबुविरुद्ध मुद्दा जाहेर भइसकेको र भारतीय संविधानको धारा ३६५ अनुसार उनीमाथि कारवाहीको प्रकृया अगाडि बढाइने प्रहरीको भनाई छ । 
 

प्रकाशित: १८ वैशाख २०७४ ०७:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App