coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कार्कीविरुद्ध महाअभियोग प्रस्ताव लोकतन्त्रकै उपहासः साझा पार्टी

काठमाडौं— प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र आबद्ध सांसदद्वारा संसदमा महाअभियोग प्रस्ताव दर्ता गरिनु लोकतन्त्रकै उपहास भएको निष्कर्ष साझा पार्टीले निकालेको छ।

'न्यायालयको स्वतन्त्रता लोकतन्त्रिक पद्धतिको आधारशिला हो। न्यायालयको स्वतन्त्रतामाथि प्रहार गरी प्रतिशोधात्मकरुपमा महाअभियोग लगाउनु लोकतन्त्र, संविधानवाद, विधिको शासन, शक्ति पृथकिकरण र नागरिक अधिकारलाई नै खतरामा पार्नु हो', रवीन्द्र मिश्र नेतृत्वको साझाले भनेको छ।

आफ्नो निहित स्वार्थ पूर्तिका लागि महाअभियोगसम्बन्धी संवैधानिक व्यवस्थाको दुरुपयोग गरिनु दुर्भाग्यपूर्ण भएको भन्दै उसले लोकतन्त्रका आधारशीलाहरु भत्काउने कार्यले अन्ततः देशलाई प्रतिगमनको दिशामा डोर्‍याउने भन्दै सो कार्यको भत्सर्ना गरेको छ।

यस किसिमको कार्यले लोकतन्त्र र संस्थागत नहुने र विकासको बाटो अघि बढ्न नसक्ने भन्दै साझाले न्यायापालिकाको स्वतन्त्रता र गरिमालाई अक्ष्क्षुण राख्न महाअभियोगको प्रस्ताव तत्काल फिर्ता लिन आग्रह गरेको छ।

प्रकाशित: १८ वैशाख २०७४ ०६:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App