८ वैशाख २०८१ शनिबार
समाज

अवैध रुपमा ल्याइएका कुखुराको चल्ला प्रहरी नियन्त्रणमा

रौतहट – सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा रौतहटतर्फ ल्याउँदै गरको हजारौँ मूल्य बराबरको कुखुराको चल्ला नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बिओपी बंकुलले आइतवार राति भारततिरबाट केही तस्करहरुले अवैध रुपमा ल्याउँदै गरेको कुखुरा बरामद गरेको छ । परोहा गाउँपालिका ६ समिल नजिकबाट १ हजार ६ सय ८० कुखुराको चल्ला बरामद गरिएको हो । 

भारतको घोडासहनबाट नेपालतर्फ ठूलो परिमाणमा कुखुराको चल्ला आउँदै गरेको सूचनाको आधारमा चेकजाँच गर्दा दुई वटा साइकलमा कुखुराको चल्ला ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीलाई देखेपछि तस्करहरू कुखुरासहितको साइकल छोडेर भारततर्फ भागेका छन् ।

बरामद गरिएको कुखुरालाई पशु क्वारेन्टाइन कार्यालयको रोहवरमा गौर भन्सारमा खाल्डो खनेर पुरिएको सशस्त्र प्रहरी रौतहट प्रमुख भगवान मल्लले बताएका छन् ।

प्रकाशित: १८ वैशाख २०७४ ०५:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App