४ वैशाख २०८१ मंगलबार
समाज

पैसा उठाउदै हिड्ने दुई युवा पक्राउ

धनकुटा – व्यक्ति र सरकारी कार्यालयबाट जर्वजस्ती पैसा उठाउदै हिड्ने नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुईजना युवालाई धनकुटा प्रहरीले पक्राउ गरेको छ । 

धनकुटा बजारको एक होटलमा पैसाको लागि बर्गेनिङ गरिरहेको बेला उनीहरूलाई पक्राउ गरेको धनकुटाका प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले बताए । 

पक्राउ पर्नेहरू रोशन राई र भिष्म बुढाथोकी रहेका छन् । आइतबार पक्राउ परेका उनीहरुलाई प्रहरीले मुद्दा दर्ता गर्ने तयारी गरेको छ । 

प्रकाशित: १८ वैशाख २०७४ ०४:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App