coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

एनसेलको सापटी नयाँ योजना

काठमाडौं– एनसेलका प्रिपेड ग्राहकले एनसेल सापटीको नयाँ योजना ल्याएको छ। उक्त योजना अन्तर्गत बिना कुनै सेवा शुल्क एनसेल सापटी लिन सक्ने छन्।

 जिएसएम मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले प्रिपेड ग्राहकले आफ्नो मेन ब्यालेन्स पाँच रुपैयाँ वा सोभन्दा कम भएमा एनसेल सापटी सुविधा लिन सक्ने कम्पनीले जनाएको छ। मई दिवसको उपलक्ष्यमा ल्याइएको यो योजना सोमबारदेखि लागु हुने कम्पनीले जानकारी दिएको छ।

उक्त योजना अन्तर्गत प्रिपेड सेवाका ग्राहकले बिनाकुनै सेवा शुल्क ३० रुपैयाँ सापटी प्राप्त गर्न सक्नेछन्। दुई महिनावा सो भन्दा बढि देखि एनसेल प्रिपेड सिम प्रयोग गर्ने ग्राहकले मात्र यो योजनाअन्तर्गत आफ्नो मेन ब्यालेन्स पाँच वा सोभन्दा कम भएमा एनसेल सापटी लिन सक्ने जारी विज्ञप्तिमा उल्लेख छ।

सापटी रकम ग्राहकको मुख्य ब्यालेन्समा जोडिनेछ र प्राप्त रकमबाट ग्राहकले कुनै पनि नेटर्वकमा कल गर्न, एसएमएस पठाउन, इन्टरनेट चलाउन सक्ने एनसेलले जनाएको छ । यसका लागि ग्राहकले एस्ट्रिक्स ९९८८ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार प्रिपेड ग्राहकले यो सेवा सुचारु गर्न सक्ने बताइएको छ ।

सापटी लिइएको रकम ग्राहकले रिचार्ज गरेपछि मेन ब्यालेन्सबाट घटाइनेछ । यदि रिचार्ज गरिएको रकम ३० रुपैयाँभन्दा कम भएमा रिचार्ज गरिएको सबै रकम काटिने छ भने बाँकी रकम अर्को रिचार्जमा काटिने एनसेलको विज्ञप्तिमा छ । एनसेल सापटी अन्तर्गतको उक्त नयाँ योजना १५ दिनको लागि मान्य हुने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: १८ वैशाख २०७४ ०४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App