७ वैशाख २०८१ शुक्रबार
खेल

दिल्लीको इतिहासकै कमजोर प्रदर्शन

मोहाली– दिल्ली डेरडेभिल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा अहिलेसम्मकै कमजोर प्रदर्शन गरेको छ। आइतबार मोहालीमा दिल्ली ६७ रनमा अलआउट भयो। जुन १० वर्षे इतिहासमा दिल्लीले पहिलो इनिङमा गरेको कमजोर प्रदर्शन हो।

सन्दीप शर्माले करियरकै उत्कृष्ट प्रदर्शन गरेपछि किङ्स ११ पन्जाबले दिल्लीलाई १० विकेटले हरायो ।

प्लेयर अफ द म्याच सन्दीपले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । मार्टिन गुप्टिलले अविजित अर्धशतक बनाएपछि पन्जाबले झीनो स्कोरको लक्ष्य बिनाविकेटको नोक्सानी ७.५ ओभरमा पूरा गर्‍यो।

अघिल्लो दिन वर्षाले भिजेको मैदानलाई मध्यनजर गर्दै पन्जाबका कप्तान ग्लेन म्याक्सवेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरे  । उनले त्यति बेला आफूसँग उत्कृष्ट बलरहरू भएको बिर्सिएका थिए । तर म्याक्सवेलले गरेको निर्णय पन्जाबका लागि सही साबित भयो । सन्दीपले लगातार विकेट लिएपछि दिल्ली खेलमा सम्हालिन सकेन ।

कोरे एन्डरसनले बनाएको १८ रन नै दिल्लीका खेलाडीले बनाएको सर्वाधिक व्यक्तिगत स्कोर थियो। १० ओभर सकिँदा ६ विकेटको नोक्सानीमा दिल्ली ३७ रन जोडेर कठिन अवस्थामा थियो । १७.१ ओभरसम्म खेल्दा दिल्लीले ६७ रन पु¥याएको थियो ।

पन्जाबका गुप्टिलले मध्यक्रममा खेल्ने टिम व्यवस्थापकले योजना बनाएका थिए। तर उनलाई ओपनिङमा खेल्नका लागि प्रोत्साहन गरिएको थियो ।

यसै गरी मुम्बई इन्डियन्सले जारी आइपिएलमा सातौं जित हासिल गर्ने क्रममा गुजरात लायन्सलाई सुपर ओभरमा हराउन सफल भएको छ।

मुम्बईले रोमाञ्चक जित हासिल गरेको दिन विराट कोहलीको टोली रोयल च्यालेन्जर्स बैंङलोरले अर्को निराशाजनक नतिजाको सामना ग¥यो । आइपिएलको १०औं संस्करणमा खराब प्रदर्शन गरिरहेको रोयल च्यालेन्जर्सलाई राइजिङ पुने सुपरजायन्टले  ६१ रनले हरायो ।

१० खेलमा सातौं खेल गुमाएपछि रोयल च्यालेन्जर्सको प्ले अफ खेल्ने सम्भावना पनि कठिन बन्दै गएको छ । यसै गरी आइपिएलमा पाँचांै जित सहित १० अंक जोडेको सुपर जायन्ट अंकतालिकाको चौथो स्थानमा छ । मुम्बई इन्डियन्स १४ अंक जोड्दै दोस्रो स्थानमा पुगेको छ ।

कोलकाता नाइट राइडर्सको समान १४ अंक छ । तर नेटरनरेटका आधारमा कोलकाता शीर्ष स्थान छ। यस वर्षको पहिलो आइपिएलमा सातौं सुपर ओभर पुगेको खेलमा मुम्बईले २ विकेट गुमाएर ११ रन जोडेको थियो ।

शनिबारको खेलमा लायन्सले सुरुआतमा ब्याटिङ गर्दै ९ विकेटको नोक्सानीमा १ सय ५३ रन जोडेको थियो । अन्तिम १२ बल बाँकी रहँदा मुम्बईलाई जितका लागि १५ रन मात्र आवश्यक थियो । त्यति बेला मुम्बईसँग ५ विकेट बाँकी थियो । तर टोलीले विजयी रन भने जोड्न सकेन। लायन्सले खेलमा आफ्ना मुख्य बलर एन्ड्री टेइलाई गुमाएको थियो । एक ओभर मात्र बलिङ गरेका एन्ड्री फिल्डिङका क्रममा घाइते हँुदै मैदानबाट बाहिरिएका थिए । तर लायन्सले बासिल थाम्पीको बलिङबाट साथ पाएको थियो । थाम्पीले ३ विकेट लिँदा २९ रन खर्चेका थिए।

मुम्बईका लागी ओपनर पार्थिव पटेलले सर्वाधिक ७० रन जोडेको थिए । लायन्सका सर्वाधिक रन जोडेका १८ वर्षे ब्याट्सम्यान इसान किसनले ४८ रन बनाए ।

अर्को खेलमा विराटले ४८ बलमा ५५ रन जोडे पनि रोयल च्यालेन्जर्सलाई हारबाट जोगाउन सकेनन। विराटले अर्धशतक पूरा गरे पनि रोयलका अन्य खेलाडीले दोहोरो स्कोर भने गर्न सकेनन् । विराटले कप्तानको रूपमा टोलीको प्रदर्शनको बारेमा बताउन कठिन भैरहेको बताए । उनले भने, ‘कप्तानको रूपमा यो स्थितिमा उभिँदा कठिन हुन्छ । र टोलीको प्रदर्शनका बारेमा भन्न पनि गा¥हो हँुदो रहेछ । हामी यो अवस्थाबाट पाठ सिक्दै अगाडि बढ्नुपर्छ ।’

कोरे एन्डरसनले बनाएको १८ रन नै दिल्लीका खेलाडीले बनाएको सर्वाधिक व्यक्तिगत स्कोर थियो । १० ओभर सकिँदा ६ विकेटको नोक्सानीमा दिल्ली ३७ रन जोडेर कठिन अवस्थामा थियो । १७.१ ओभरसम्म खेल्दा दिल्लीले ६७ रन पुर्‍याएको थियो ।

 

 

प्रकाशित: १८ वैशाख २०७४ ०४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App