८ वैशाख २०८१ शनिबार
राजनीति

महाभियोग पक्षमा कांग्रेस

काठमाडौं– नेपाली कांग्रेस प्रधानन्यायाधीश सुशील कार्कीविरुद्ध दर्ता गरिएको महाभियोगको पक्षमा उभिने भएको छ।

संसद्मा महाभियोग प्रस्ताव दर्ता भएपछि आइतबार साँझ पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले महाभियोगबारे पार्टीका नेताहरूलाई जानकारी गराएका थिए।

 कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले पार्टीले महाभियोगका पक्षमा उभिने निर्णय गरेको बताए। ‘कांग्रेस प्रस्तावक भएर महाभियोग प्रस्ताव दर्ता भएको छ । यो अभियोग पास गराउन कांग्रेस लाग्छ,’ उनले भने।

पदाधिकारी बैठकमा सभापति देउवाले नेपाली कांग्रेस अब निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएका थिए। चुनावमा जान कांग्रेसका सबै कार्यकर्ता क्रियाशील हुनुपर्ने धारणा उनले राखेका थिए ।

स्थानीय तह निर्वाचनमा उम्मेदवारीबारे निर्णय गर्न कांग्रेस बैठक सोमबार पनि बस्ने भएको छ।

प्रकाशित: १८ वैशाख २०७४ ०२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App