मणिपाल शिक्षण अस्पतालको सञ्चालन अनुमति स्थगित

आइतबार, १७ बैशाख २०७४, २० : १८ नागरिक

काठमाडौँ- स्वास्थ्य मन्त्रालयले पोखरास्थित मणिपाल शिक्षण अस्पतालको दर्ता नवीकरण तथा स्तरोन्नतिसम्बन्धी सम्पूर्ण कार्य स्थगित गर्ने निर्णय गरेको छ।

स्वास्थ्यमन्त्री गगन थापाको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकले सो अस्पतालले प्राप्त गरेको शिक्षण अनुमति (लाइसेन्स) सम्बन्धमा शिक्षा मन्त्रालयमा आवश्यक कारबाहीको लागि अनुरोध गरेको हो।

वैशाख ९ गते मुस्ताङको कागबेनीमा तीर्थयात्री सवार गाडी दुर्घटना हुँदा घाइतेको उपचार गर्न अस्पतालको आकस्मिक कक्षमा ल्याउँदा आन्दोलनको कारण देखाइ चिकित्सकले उपचार गर्न इन्कार गरेपछि सरकारले यथार्थ बुझ्न चिकित्सा सेवा महाशाखाका प्रमुख डा भोलाराम श्रेष्ठको संयोजकत्वमा वैशाख १० गते तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।
 
छानबिन समितिले सो घटनामा अस्पताल प्रशासन र चिकित्सक दुबै दोषी भएकाले कारबाही गर्नुपर्ने प्रतिवेदन बुझाएको थियो।

नेपालको संविधानको धारा ३५ (१) मा कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवा पाउने हकबाट वञ्चित गरिने छैन भन्ने सवैधानिक व्यवस्थालाई मिच्ने व्यक्ति, सङ्घसंस्थालाई कस्तो कानुनी कारर्बाही गर्ने भन्ने सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था नभएकाले अविलम्ब कानुन निर्माण प्रक्रिया सुरु गर्न मन्त्रालयको ऐन, नियम परामर्श शाखालाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ।

स्वास्थ्य मन्त्रीका कानुनी सल्लाहकार राजु कटुवालका अनुसार उपचारका लागि आएका घाइते बिरामीको सम्पूर्ण उपचारको व्यवस्था निःशुल्क रुपमा गर्न मणिपाल शिक्षण अस्पताल व्यवस्थापनलाई निर्देशन दिने निर्णय भएको पनि जानकारी दिए।  

मन्त्रालयले मणिपाल शिक्षण अस्पतालका निर्देशक तथा चिकित्सकलाई कारबाही गर्ने अधिकार नेपाल मेडिकल काउन्सिललाई भएकाले काउन्सिललाई १५ दिनभित्र नेपाल मेडिकल काउन्सिल ऐन २०२० तथा नियमावली २०२४ बमोजिम कारबाही प्रक्रिया अघि बढाई मन्त्रालयलाई जानकारी दिन निर्देशन दिएको छ। यस विषयमा कारवाहीबारे गृह मन्त्रालयलाई पनि अनुरोध गर्ने निर्णय छ।

वैशाख ९ गते ड्युटीमा तोकिएका एवम् आन्दोलनरत चिकित्सक, स्वाथ्यकर्मीलगायतका कर्मचारीहरुलाई सो अस्पतालको सेवा शर्त नियमावली अनुसार १५ दिनभित्र कारवाही सम्पन्न गरी मन्त्रालयमा जानकारी गराउन निर्देशन दिने निर्णय पनि मन्त्रालयले गरेको छ। रासस

 








यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले मनायो रजत जयन्ती

एभरेस्ट बैंकले नर्भिक इन्टरनेसनल अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ । ...

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

फेसबुकलाई ३५ अर्ब डलरको जरिवाना हुन सक्ने!

मुद्दा हारेको खण्डमा फेसबुकले अहिलेसम्म कै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नु पर्ने हुन्छ ! ...

उद्यम चलाउन महिलालाई अवसर

उद्यम चलाउन महिलालाई अवसर

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थपमाया थापा मगरले महिलालाई उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताएकी छन् । ...

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

Ncell Footer Ad