coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राप्रपाले सरकार छोड्ने

काठमाडौं- सत्तारुढ दल राप्रपाले सरकार छोड्ने भएको छ। सोमबार बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर सरकार छोड्ने निर्णय गर्ने राप्रपा स्रोतले जनाएको छ।

स्वतन्त्र न्यायापालिकामा हस्तक्षेप गरेको भन्दै राप्रपाले सरकार छोड्न लागेको स्रोतले जनाएको छ।

यस अघि राप्रपा अध्यक्ष तथा उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले महाअभियोग प्रस्तावको कडा शब्दमा विरोध गरेका छन्। थापाले महाअभियोग प्रस्ताव न्यायीक स्वतन्त्रता माथिको अम्भीर आक्रमण भएको बताएका छन्। उनले ट्विट गर्दै भनेका छन् ‘प्रन्या सुशीला कार्की बिरुद्ध कांग्रेस/माओवादीले महाअभियोग दर्तागर्नु आपत्तिजनक र दुर्भाग्यपूर्ण। न्यायीक स्वतन्त्रतामाथि गंभीर आक्रमण।‘

प्रकाशित: १७ वैशाख २०७४ १३:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App