५ वैशाख २०८१ बुधबार
राजनीति

महाअभियोग प्रस्तावबारे कमल थापाको प्रतिक्रिया: न्यायीक स्वतन्त्रता माथि गम्भीर आक्रमण

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले सर्वोच्च अदालतकी प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि त्यसको प्रतिक्रिया आउन थालेको छ। प्रहरी महानिरीक्षक प्रकरणसहितका ९ बुँदामा प्रधान न्यायाधीशको न्याय सम्पादनमा प्रश्न उठाउँदै कांग्रेस-माओवादी केन्द्रका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएका हुन्।

राप्रपा अध्यक्ष तथा उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले महाअभियोग प्रस्तावको कडा शब्दमा विरोध गरेका छन्। थापाले महाअभियोग प्रस्ताव न्यायीक स्वतन्त्रता माथिको अम्भीर आक्रमण भएको बताएका छन्। उनले ट्विट गर्दै भनेका छन् ‘प्रन्या सुशीला कार्की बिरुद्ध कांग्रेस/माओवादीले महाअभियोग दर्तागर्नु आपत्तिजनक र दुर्भाग्यपूर्ण। न्यायीक स्वतन्त्रतामाथि गंभीर आक्रमण।‘

महान्यायाधिवक्ता रमण श्रेष्ठ, नेपाली कांग्रेस सचेतक चीनकाजी श्रेष्ठ तथा माओवादी केन्द्रका सचेतक माओवादी टेकबहादुर बस्नेत महाअभियोग प्रस्ताव लिएर सभामुख कहाँ पुगेका थिए। महाअभियोग प्रस्तावकमा कांग्रेसका मीनबहादुर विश्वकर्मा र समर्थकमा माओवादी टेकबादुर बस्नेतले हस्ताक्षर गरेका छन्।  प्रस्तावमा कांग्रेस माओवादीका २५१ जना सांसदहरुले हस्ताक्षर गरेका छन्।

प्रकाशित: १७ वैशाख २०७४ ११:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App