प्रधान न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

आइतबार, १७ बैशाख २०७४, १६ : २२ दुर्गा दुलाल  | @DulalDp

काठमाडौं— सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले सर्वोच्च अदालतकी प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका छन्। प्रहरी महानिरीक्षक प्रकरणसहितका ९ बुँदामा प्रधान न्यायाधीशको न्याय सम्पादनमा प्रश्न उठाउँदै कांग्रेस-माओवादी केन्द्रका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएका हुन्।

डिआइजी नवराज सिलवालको रिटमाथि सर्वोच्चले सुनुवाई थाल्नुभन्दा एक दिन अगाडि प्रधान न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ताको तयारी भएको हो। सर्वोच्चले वैशाख १९ अर्थात भोलिदेखि सिलवालको रिटमा सुनुवाई थाल्ने तयारी गरेको थियो।

महान्यायाधिवक्ता रमण श्रेष्ठ, नेपाली कांग्रेस सचेतक चीनकाजी श्रेष्ठ तथा माओवादी केन्द्रका सचेतक माओवादी टेकबहादुर बस्नेत महाअभियोग प्रस्ताव लिएर सभामुख कहाँ पुगेका थिए। महाअभियोग प्रस्तावकमा कांग्रेसका मीनबहादुर विश्वकर्मा र समर्थकमा माओवादी टेकबादुर बस्नेतले हस्ताक्षर गरेका छन्। 

प्रस्तावमा कांग्रेस माओवादीका २५१ जना सांसदहरुले हस्ताक्षर गरेका छन्।

आइजिपी प्रकरणमा पहिलोलाई दोस्रो र दोस्रो हुनेलाई पहिलो बनाई कार्यसम्पादन मूल्याङ्कन तोडमोड गरी फैसला गरेको, सरकारको कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको लगायतका ९ बुँदे आरोप लगाउँदै संविधानको धारा १०१ को उपधारा २ र व्यवस्थापिका संसद नियमावली २०७३ को नियम १६८ (१) अनुसार प्रधान न्यायाधीश कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराइएको हो। सभामुखसँगको छलफलपछि अभियोग प्रस्ताव दर्ता भएको हो।

सिलवालको सुनुवाईको अघिल्लो दिन महाअभियोग दर्ता

डिआइजी नवराज सिलवालको रिटमाथि सर्वोच्चले सुनुवाई थाल्नुभन्दा एक दिन अगाडि प्रधान न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ताको तयारी भएको हो। सर्वोच्चले वैशाख १९ अर्थात भोलिदेखि सिलवालको रिटमा सुनुवाई थाल्ने तयारी गरेको थियो।

यसअघि सरकारले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दको नियुक्ति सर्वोच्चले बदर गरिदिएको थियो। बरिष्ठतामा तेस्रो स्थानमा रहेका उनको नियुक्ति रद्द गर्ने निर्णयपछि न्यायलयप्रति कांग्रेस-माओवादी चिढिएका थिए।








यसमा तपाईको मत

अन्य समाचार

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

लिनोभो, डेल र एचपीको बिक्रि बढ्ने क्रममा - एप्पलको बिक्रि तल खस्किदै ...

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

११०० भन्दा बढी प्रयोगकर्ताले आफ्नो नयाँ आइफोन ११को डिस्प्ले खरिदको एक दुई दिन मै स्क्र्याच हुन थालेको भन्दै गुनासो गरेका...

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

Ncell Footer Ad