१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले जुम्लाले लगायो उम्मेदवारको टुंगो

जुम्ला- नेकपा एमाले जुम्लाले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनौट गरेको छ। जुम्लामा रहेका एक नगरपालिका र सात वटा गाउँपालिकाका को लागि एमालेले उम्मेदवार छनौट गरेको हो। नेकपा एमाले जुम्लाले चन्दननाथ नगरपालिकामा शान्तिलाल महतलाई टिकट दिइएको छ। यसैगरी  तातोपानी गाउँपालिकामा शुरत वहादुर शाही, तिला गाउँपालिकामा रतननाथ योगी, हिमा गाउँपालिकामा भैवहादुर रोकाया,सिजा गाउपालिकामा नन्दराम रोकाया,पातारासी गाउँपालिकामा हंश रोकाया,गोठचौर गाउपालिकामा क्षेत्र भण्डारी र कनकासुन्दरी गाउँपालिकामा गोपाल रोकायाको नाम टुंगो लगाएको हो।

यसै गरी नेपाली कांग्रेस  जुम्लाले तीन वटा गाउपालिकाको टुंगो लगाईसकेको छ। पातारासी लक्ष्मण वोहोरा, उपाध्यक्षमा पुन्नकली महतारा ,गोठिचौर सुमन महतारा उपाध्यक्ष र दान वहादुर वुढा अध्यक्षमा टिकट दिइएको छ। हिमा गाउँ पालिकामा लक्ष्मण शाही अध्यक्ष सुपर्ण शाही उपाध्यक्षको लाटि उम्मेदवार बनाएको हो। 

 

 

 

प्रकाशित: १७ वैशाख २०७४ १०:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App