८ वैशाख २०८१ शनिबार
समाज

धादिङमा पुरुष बन्ध्याकरण सेवा सुरु

पुरुष बन्ध्याकरण सेवा सुचारु भएको औपचारिक घोषणा गर्दै वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठ लगायत स्वास्थ्यकर्मीहरू । तस्बिर : शंकर श्रेष्ठ

धादिङ – धादिङमा पहिलो पटक पुरुष बन्ध्याकरण (भ्यासेक्टोमी) सेवा संचालन गरिएको छ । गजुरी गाउँपालिका स्थित गजुरी प्राथमिक स्वास्थ्य केन्द्रले जिल्लामै पहिलो पटक पुरुषहरूको लागि परिवार नियोजन स्थायी बन्ध्याकरण सेवा दिन थालेको हो । 

सन्तानको रहर पुगिसकेका दम्पत्तिहरूलाई सहज र सरल ढंगबाट सेवा प्रदान गर्न प्राथमिक स्वास्थ्य केन्द्रमा नै यस्तो सेवा दिन थालिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले बताए । उनले भने ‘ भ्यासेक्टोमी शिविरको आयोजना होला र सेवा लिउँला भनेर दिन हेरेर बस्नुपर्ने बाध्यताबाट सेवाग्राहीहरूलाई मुक्त गराउन नियमित सेवा सुचारु गरिएको हो ।’ 

अब छिट्टै प्राथमिक स्वास्थ्य केन्द्र सल्यान्टार र जिल्ला अस्पताल धादिङबाट पनि सेवा सुरु गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । नियमित सेवा दिन सकिने भएपछि सन्तानका रहर पुगिसकेका पुरुषहरूले जुनकुनै बेला पनि सरल र सहज रुपमा सेवा लिन सक्ने गजुरी प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज डा.सुनिता तिमल्सिनाले जानकारी दिइन् ।

सेवा सुरु गर्न एचसीथ्री परियोजना धादिङ, सिफो टु, हेल्थ फर लाईफले प्राविधिक सहयोग गरेको छ । 

प्रकाशित: १७ वैशाख २०७४ ०७:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App