coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सिरियामा शान्ति वार्ताको झिनो प्रयास

जेनेभा –  संयुक्त राष्ट्रसंघले सिरियासँगको शान्ति वार्ताका लागि प्रयास भइरहेको जनाएको छ । सो संस्थाले उक्त वार्ताका लागि केही समयपछि मध्यस्थकर्ताको सम्मेलन गर्ने तयारी भएको जनाएको विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जानकारी दिएका छन् । 

सिरियामा पछिल्लो समयमा हिंसा थप भड्किएको छ । जसका कारण विश्वमा सिरियाको विषयमा के कस्तो निकास निकाल्ने भन्ने बारेमा छलफल भएको राष्ट्रसंघले जानकारी दिएको छ । 

उक्त कार्यको तयारीको बारेमा संयुक्त राष्ट्रसंघले हालै जानकारी दिएको बताइएको छ । सिरियामा पछिल्लो समयमा हिंसा थप बढ्दै गएकोले निकासका लागि यो प्रयास भएको हो । 

सिरियामा शान्ति वार्ताको तयारी भएको छ– राष्ट्रसंघका एक अधिकारीले जानकारी दिए । उनका अनुसार केही समयमै सिरियाली मध्यस्थकर्ता समूहका सदस्यको बैठक बोलाउने र उनीहरुमार्फत शान्ति वार्ताको पहल सुरु गर्ने बारेमा सो तयारी भएको हो । 

सो प्रयोजनका लागि जेनेभामा सिरियाली शान्ति वार्ता समूहका मध्यस्थताहरुलाई बैठकका लागि जेनेभामा बोलाइने भएको छ । सिरियाका लागि राष्ट्रसंघीय विशेष दूतले सो जानकारी दिएका छन् । उनका अनुसार यो वार्ताको सम्भाव्यताका लागि गर्न लागिएको परामर्श बैठक पनि हो । 

विशेष दूत माइकल कन्टेटले भने– सिरियाको शान्तिवार्ताका लागि सिरियाली समूहका मध्यस्थताहरुसँग परामर्श भएको छ र उनीहरुलाई जेनेभा बोलाउने बारेमा कुराकानी पनि भएको छ । 
सिरियाली समूहका देशका मध्यस्थतकर्ताहरुको बैठकले आगामी शान्ति वार्ताको तयारी तथा वार्ताको बारेमा व्यापक मात्रामा छलफल गर्ने बताइएको छ । 

मानवीय सहायता, युद्धको विविध विषयका साथै वार्ताका लागि तयार गरिने अन्य विषयमा सो बैठकमा छलफल गरिने राष्ट्रसंघले जनाएको छ । 

सिरियाली समूहअन्तर्गतका राष्ट्रसंघीय मध्यस्थकर्ताहरुको बैठक करिब तीन महिना बस्न लागेको हो । यस अघि सो बैठक गत फागुन महिनामा नै जेनेभामा बसेको थियो । त्यस समयमा पनि शान्ति वार्ताका लागि प्रयास थाल्ने जानकारी दिइएको थियो । 
उता सिरियामा हिंसा भने रोकिएको छैन । सो हिंसाको रुप पछिल्लो समयमा बढ्दै गएको छ । सिरियाली सेनाले नै आतङ्ककारीलाई रोक्ने निहूँमा प्रयोग गरेका हतियारहरु रासायनिक र घातक तत्वको प्रयोग भएको बताइएको थियो । 
सिरियामा जारी रहेको सो हिंसाका क्रममा ४ लाख भन्दा बढी नागरिकको ज्यान गएको छ । त्यस्तै दशौँ लाख नागरिक विस्थापित पनि भएका छन् । 

पाँच वर्षभन्दा लामो समयदेखि जारी रहेको सो हिंसाको अन्त्यका लागि विभिन्न समयमा शान्तिवार्ता पनि भएका छन् । तर पनि ती वार्तालाई निष्कर्षमा पु¥याउन भने सकिएको छैन । 
यस पटकको यो मध्यस्थकर्ताहरुको बैठकपछि पनि अर्को शान्तिवार्ताका लागि प्रयास गरिने छ । सो तयारीका लागि यो बैठकको आयोजना गरिएको जानकारी संयुक्त राष्ट्रसंघले दिएको छ । 

तर उक्त बैठकमा के कति देशको प्रतिनिधित्व हुने हो भन्ने बारेमा भने अझै पनि केही स्पष्ट हुन सकेको छैन । सिरियाली शान्ति वार्ताका लागि केही वर्षअघि नै संयुक्त राष्ट्रसंघले मध्यस्थता समूहको गठन गरिएको थियो । 

प्रकाशित: १७ वैशाख २०७४ ०६:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App