८ वैशाख २०८१ शनिबार
खेल

भारतीय खेलाडीको वर्चस्व

पोखरामा शनिबार भएको पाँचौ दक्षिण एशियाली र छैठौं राष्ट्रिय ट्रायथोलन प्रतियोगिताका मेडल विजेता । तस्बिरः सन्तोष पोखरेल

पोखरा – पाँचौं दक्षिण एशियाली ट्रायथोलन प्रतियोगितामा भारतीय खेलाडीले वर्चस्व कायम गरेका छन् । महिला तथा पुरुषतर्फका दुवै प्रतियोगितामा भारतीय खेलाडी प्रथम हुँदै मेडल जित्न सफल भए । 

पोखरामा शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ भारतीय खेलाडी गुरुदत्तले मेडल जिते । त्यस्तै महिलातर्फ पनि भारतीय खेलाडी पल्लवी रेतिवालाले मेडल हात पारिन् । ट्रायथोलनमा ७ सय ५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौड थियो । गुरुदत्तले यि सबै खेल ५४ मिनेट ५१ सेकेन्डमा पुरा गरेका थिए । पल्लवीले १ घण्टा १ मिनेट ३ सेकेण्डमा पुरा गरिन् । 

त्यस्तै भारतीय खेलाडी दिलीपकुमारले ५५ मिनेट ५९ सेकेन्डमा पुरा गरेर दोश्रो तथा नेपालका बसन्त थारु ५६ मिनेट १२ सेकेन्डमा पुरा गर्दै तृतीय भए । दिलीपकुमार भारतको गुहावटीमा गतवर्ष भएको १२ औं दक्षिण एशियाली खेलकुद (साग)मा ट्रायथोलनमा प्रथम भएका थिए । त्यस्तै महिलातर्फकी मेडल विजेता पल्लवी पनि सागकी स्वर्णधारी खेलाडी हुन्। 

महिलातर्फ नेपालकी सोनी गुरुङले १ घण्टा ६ मिनेट २ सेकेन्डमा दुरी पुरा गर्दै द्वितीय तथा १ घण्टा ८ मिनेट ४ सेकेन्डमा पुरा गर्दै रोजा केसी तृतीय भईन । रोजा पनि सागकै स्वर्णपदक विजेता खेलाडी हुन् । ट्रायथोलन प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका महिला तथा पुरुष गरि २१ जना खेलाडी सहभागि थिए ।

त्यस्तै छैठौं राष्ट्रियस्तरको ट्रायथोलन प्रतियोगितामा आर्मीले वर्चस्व लिएको छ । ५६ मिनेट १२ सेकेन्डमा खेल पुरा गरेर आर्मीका बसन्त थारु प्रथम, ५८ मिनेट १ सेकेन्डमा पुरा गरेर आर्मीकै हिमाल टमाटा दोश्रो तथा ५८ मिनेट ४८ सेकेन्डमा पुरा गर्दै आर्मीकै रुद्र कटुवाल तेश्रो भए । त्यस्तै महिलातर्फ १ घण्टा ६ मिनेट २ सेकेन्डमा पुरा गर्दैै सशस्त्रकी सोनी गुरुङ प्रथम, १ घण्टा ८ मिनेट ४ सेकेन्डमा पुरा गर्दै रोजा केसी द्वितीय तथा १ घण्टा १८ मिनेट ५९ सेकेन्डमा पुरा गर्दै आर्मीकै यामकुमारी भुजेल तृतीय भईन् । 

शनिबार नै पोखरामा डुआथोलन प्रतियोगिता पनि भएको थियो । ५ किलोमिटर दुरीको दौड र २० किलोमिटरको साइक्लिङ गर्दै डुआथोलन गरिएको थियो । डुआथोलनमा पनि आर्मीले नै वर्चस्व राखेको छ । आर्मीका मानबहादुर थापा १ घण्टा १ मिनेट ३९ सेकेन्डमा पुरा गरेर प्रथम भए । त्यस्तै एपिएफका किरणकुमार मल्लले १ घण्टा ३ मिनेट ४५ सेकेन्डमा पुरा गर्दै द्वितीय तथा १ घण्टा ३ मिनेट ५१ सेकेन्डमा पुरा गरेर आर्मीका अच्युत पराजुली तृतीय भए । 

डुआथोलनमा महिलातर्फ २ जना मात्र सहभागि थिए । ती मध्ये १ घण्ठा १७ मिनेट ५० सेकेन्डमा दुरी पुरा गरेर आर्मीकी मञ्जुकुमारी खड्का प्रथम तथा आर्मीकै पुष्पाकुमारी भण्डारी १ घण्टा १८ मिनेट २० सेकेन्डमा पुरा गरेर द्वितीय भईन । प्रतियोगिता फेवाताल किनारमा आयोजना गरिएको थियो । यसअघिका तीनवटा प्रतियोगिता लेखनाथस्थित बेगनासताल किनारमा आयोजना गरिएको थियो । फेवाकिनारमा गरिएको दोश्रो प्रतियोगिता हो । तालकिनारमा दौड र साइक्लिङ तथा फेवामा पौडी खेलाइएको थियो ।

नेपाल ट्रायथोलन संघका महासचिव निलेन्द्रराज श्रेष्ठले सागमा सहभागि सबै मुलुकलाई आमन्त्रण गरेपनि सहभागि नभएको बताए । अफगानिस्तानका खेलाडी अन्तिम समयमा हवाई टिकट नपाउँदा सहभागि हुन नसकेको उनले बताए । उनले दक्षिण एशियाली राष्ट्रमा ट्रायथोलनको विकासका लागि प्रतियोगिता गरेको बताए । 

प्रतियोगिता गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)को पर्वतीय खेलकुद मार्फत पनि आर्थिक सहयोग भएको बताए । ट्रायथोलनको प्राविधिक समितिका धनिश्वर प्रजापतीले पोखरालाई खेलकुदको सहरको रुपमा चिनाउन पनि यो प्रतियोगिताको महत्व रहेको बताए । 

प्रकाशित: १७ वैशाख २०७४ ०३:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App