६ वैशाख २०८१ बिहीबार
समाज

प्रधानसेनापति पर्सामा

काठमाडौं – प्रधानसेनापति राजेन्द्र क्षत्री पर्सा पुगेका छन् । वीरगन्जमा रहेको बरख गणको निरीक्षण भ्रमणका लागि क्षत्री पर्सा पुगेका हुन् । 

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार शनिबार क्षत्रीले मकवानपुरको  मध्य पृतना मुख्यालय र काभ्रेपलाञ्चोकको भकुन्डेबेसीस्थित २६ नम्बर बाहिनी अड्डा र पर्साको बरख गणको एकै दिन निरीक्षण भ्रमण गरेका हुन् । 

निरीक्षण भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले पृतना, बाहिनी तथा गणको स्थलगत वस्तुस्थिति विवरण, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी लिएका थिए । २६ नम्बर बाहिनी अड्डामा सकल दर्जालाई सम्बोधन गर्दै क्षत्रीले उच्च मनोबलका साथ निःस्वार्थ भावनाले अभिप्रेरित भई देश र जनताको रक्षाका लागि खट्न निर्देशन दिएका थिए ।

यसअघि फागुन अन्तिम साता प्रधानसेनापति क्षत्रीले धनुषा, सर्लाही, सप्तरी र धनुषामा रहेका गणको निरीक्षण भ्रमण गरेका थिए ।

प्रकाशित: १७ वैशाख २०७४ ०२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App