coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

इलाममा १० हजारले गरे स्वास्थ्य बीमा

इलाम, १६ वैशाख । इलाममा नौ हजार आठ सय २८ जनाले स्वास्थ्य बिमा गरेका छन् ।

गत असार १५ गतेबाट सुरू भएको स्वास्थ्य बिमा कार्यक्रमबाट हालसम्ममा रु ५६ लाख ८० हजार तीन सय १५ सङ्कलन भएको छ ।

यस कार्यक्रमअन्तर्गत उनीहरुले जिल्लाका विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र, इलाम अस्पताल, झापा र काठमाडौँका अस्पतालबाट सेवा लिएका छन् । सामाजिक स्वास्थ्य विकास समिति जिल्ला कार्यालय इलामका प्रबन्धक हार्दिक सापकोटाकाअनुसार जिल्ला अस्पतालबाट तीन हजार ९८ जना, झापाका अस्पतालबाट पाँच सय ८५ र काठमाडौँका अस्पतालबाट १५ जनाले स्वास्थ्य उपचार सेवा पाएका छन् ।

प्रबन्धक सापकोटाकाअनुसार साँखेजुङ, सोयाङ, सोयाक, जोगमाइ, पञ्चकन्या, मङ्गलबारे, इरौटार, दानाबारी, साकफाराजस्ता साविकका गाविसमा दर्ता सहयोगी नभएर बिमा कार्यक्रम सुचारू भएको छैन । बिमा दर्ता सहयोगी नभएर काम नभएको ठाउँमा स्थानीय तहको निर्वाचनपछि तत्कालै सुरू गर्ने सापकोटाले जानकारी दिए।

जिल्लामा हाल ५२ जना दर्ता सहयोगी रहेका छन् । सबैभन्दा बढी बिमा गर्ने सूर्योदय नगरपालिकामा आठ सय ८१ जना, इलाम नगरपालिकामा आठ सय ३५ जना, देउमाई नगरपालिकामा दुई सय ३१ जना रहेका छन्।

बिमा कार्यक्रम सुरू हुँदा भन्दा अहिले सेवा सुविधासमेत थप गरेको प्रबन्धक सापकोटाले जानकारी दिनुभयो । एक वर्षअघि बिमा कार्यक्रम सुरू हुँदा एक सय ६८ प्रकारका औषधि सेवामा समेटिएको थियो तर अहिले बढाएर ५३० प्रकारका औषधि सेवामा रहेका छन् । रासस

प्रकाशित: १६ वैशाख २०७४ १०:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App