बालकोट पुगेर कांग्रेस नेताहरुले ओलीलाई भने: संशोधन प्रस्तावमा लचिलो बन्दिनुस्

शनिबार, १६ बैशाख २०७४, १४ : ०८ बालकृष्ण अधिकारी  | @adhikaribal

काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संविधान संशोधन प्रस्तावमा सहमत हुन आग्रह गरेका छन्। अध्यक्ष ओलीलाई भेट्न कांग्रेस नेताहरु शनिबार बिहान ओली निवास बालकोट पुगेका थिए।

‘हामीले ओली जीलाई संविधान संशोधन प्रस्तावमा सहमत हुन आग्रह गरौं’, कांग्रेस नेता रामचन्द्र पौडेलले भने, ‘सबैलाई सहज हुने र सबै निर्वाचनमा आउने वातावरण बनाउनको लागि एमालेलाई आग्रह गर्‍यौं।’

कांग्रेस नेताहरुलाई ओलीले एमाले संशोधनको विपक्षमा रहेको भन्दै प्रस्तावलाई प्रक्रियामा जानै नदिने जवाफ दिएका थिए। ओलीले दुई चरणमा निर्वाचन गर्न लागिएकोमा पनि असन्तुष्टि व्यक्त गरेका थिए। स्रोतका अनुसार ओलीले दुई चरणमा निर्वाचन गर्दा थप समस्या हुने भन्दै वैशाख ३१ र जेठ ३१ बाट बीचको मिति खोजेर एकै चरणमा गर्नु पर्ने नयाँ प्रस्ताव राखेका थिए।

कांग्रेस नेताहरुले प्रस्तावमा देखिएका प्राविधिक कुराहरुलाई मिलाएर जान सकिने बताएका थिए। उनीहरुले त्यसको लागि प्रधानमन्त्रीसँग छलफल गर्ने बताएका छन्।

सरकारले मधेसी मोर्चासँग संविधान संशोधन गर्दै दुई चरणमा स्थानीय तह निर्वाचन गर्ने सहमति गरे पनि प्रमुख प्रतिपक्षी नेकपा एमाले भने त्यसमा सहमत भएको छैन।

छलफलमा कांग्रेस तर्फबाट सभापति देउवा, वरिष्ठ नेता पौडेल र कृष्ण सिटौला थिए भने एमालेबाट अध्यक्ष ओली, उपाध्यक्ष युवराज ज्ञवाली र महासचिव ईश्वर पोखरेल सहभागि थिए।

 








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad