८ वैशाख २०८१ शनिबार
राजनीति

देशको सिमाना तलमाथि हुन दिन्नौं : गगन थापा

कांग्रेस नेता गगन थापा। फाइल फाेटाे

काठमाडौं—स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका नेता गगन थापाले संविधान संशोधन र राष्ट्रियताको सवालमा प्रमुख विपक्षी एमालेले भ्रम छर्ने काम गरेका आरोप लगाएका छन्। ‘प्रमुख प्रतिपक्षी दललगायत जिम्मेवार दलहरुले संविधान संशोधनको विषयलाई लिएर जसरी भ्रम छर्ने काम गरेका छन् त्यो आपत्तिजनक पनि छ र यो एक प्रकारको नागरिकको अपमान पनि हो’, उनले भने।

‘प्रदेश सिमाना यस्तो हुनुपर्छ भनिरहँदा के हेक्का राखिएको छैन भने देश कस्तो हुनुपर्छ? उहाँहरु भनिरहनु भएको छ प्रदेश यस्तो हुनुपर्छ देश जस्तो भए पनि हुन्छ। हामी भनिरहेका छौं प्रदेश यस्तो, त्यस्तो हुनसक्छ तर देश यताउता हुनुहुन्न’, नेता थापले भने। निर्वाचनमा जनताले यो छुट्याउने विवेक प्रयोग गर्ने उनको विश्वास थियो।

निर्वाचन तयारीबारे कांग्रेसको प्रचारप्रसार उपसमितिले शनिबार केन्द्रीय कार्यालयमा आयोजित पत्रकार भेटघाटमा उनले यस्तो अभिव्यक्ति दिएका हुन्।

संविधान संशोधनको प्रयत्न देशलाई जोड्नका लागि गरिएको प्रयास भन्दै उनले विपक्षीले प्रदेशको सिमानामा कठोर भइरहँदा देशको सीमालाई हेक्का नराखेको उल्लेख गरे। ‘हाम्रा प्रयास र प्रयत्नहरु देशलाई जोड्नका लागि हुन्। प्रदेशको सिमाना तलमाथि होला तर देशको सिमाना दलमाथि हुन दिँदैनौं’, उनले भने।

विपक्षीको नक्कली राष्ट्रवादबारे कांग्रेस स्पष्ट रहेको उनको भनाइ थियो। ‘प्रदेश सिमाना यस्तो हुनुपर्छ भनिरहँदा के हेक्का राखिएको छैन भने देश कस्तो हुनुपर्छ? उहाँहरु भनिरहनु भएको छ प्रदेश यस्तो हुनुपर्छ देश जस्तो भए पनि हुन्छ। हामी भनिरहेका छौं प्रदेश यस्तो, त्यस्तो हुनसक्छ तर देश यताउता हुनुहुन्न’, नेता थापले भने। निर्वाचनमा जनताले यो छुट्याउने विवेक प्रयोग गर्ने उनको विश्वास थियो।

नेपाली जनताले ठूलो संघर्ष र प्रतीक्षापछि संविधान सभाबाट संविधान पाएको उल्लेख गर्दै संविधानको दायरा फराकिलो पार्ने प्रयास गर्दा कांग्रेसलाई लाञ्छित गर्ने काम भएको बताए। ‘नेपालका नागरिकहरु जसले संविधान सभाका निम्ति यत्रो लडाई लडे, संविधान सभाभित्र बनेको संविधानका लागि लागि यत्रो वर्ष प्रतीक्षा गरे, त्यो संविधानलाई सर्वस्वीकार्य बनाउ भन्ने सन्दर्भमा संविधानको दायरा फराकिलो बनाउन खोज्दा जुन प्रकारले लाञ्छित गरियो यो नागरिकको अपमान हो’, उनको भनाइ थियो।

प्रमुख विपक्षीले कांग्रेसको देश जोड्ने प्रयासलाई राष्ट्रियता, स्वाभिमान, सार्वभौम र अखण्डताप्रति प्रश्न उठाएर आपत्तिजनक लाञ्छना लगाएको उनले बताए। ‘के कांग्रेसले अहिले गरेको प्रयत्नले नेपालको राष्ट्रियतालाई कमजोर बनाउँछ? प्रत्येक दिनजसो यसलाई यसरी प्रस्तुत गरिएको छ मानौं हामीलाई देशका अखण्डता, सार्वभौमिक स्वाभिमानको चिन्ता छैन। देशको स्वाभिमानको ठेक्का लिने नक्कली ठेकेदारबारे नेपाली कांग्रेस प्रस्ट छ’, उनले भने। 

निर्वाचन तयारीबारे प्रचार प्रसार उपसमितिले आयोजना गरेको कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालासहितका नेताहरु उपस्थित थिए। 

 

प्रकाशित: १६ वैशाख २०७४ ०७:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App