४ वैशाख २०८१ मंगलबार
समाज

यसरी मनाए ४७ दिन हिउँमा हराएका ताइवानीले जन्मदिन (फाेटाे/भिडियाे)

ताइवानी युवक लियान सेङ यू। तस्बिरः केशव थाेकर

काठमाडाैं– हिउँ बेपत्ता भर्इ ४७ दिनपछि जीवितै उद्दार गरिएका ताइवानी युवकले अाफ्नाे जन्म दिन अस्पतालमै मनाएका छन् ।

ताइवानी युवक लियान सेङ यूले अाफू उपचाररत काठमाडाैंस्थित ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालमा अाफ्नाे २२ अाैं जन्म दिन शुक्रबार मनाएका हुन् । पर्यटन राज्यमन्त्री परशुराम तामाङले उनलार्इ अस्पतालमै पुगेर जन्मदिनकाे शुभकामना दिएका थिए। बेपत्ता भएको ४७ दिनपछि भेटिएका उनले बेपत्ता हुँदाकाे अनुभव पनि उनले सञ्चारकर्मीहरलार्इ सुनाएका थिए।

ताइवानी युवक लियान र लिउ चेन युन फागुन अन्तिम साता उत्तरी धादिङको रुप भ्यालीबाट लाङटाङ जाने क्रममा त्याग्रेभीरबाट चिप्लिएर करिब २ सय मिटर तल खाल्डोमा खसेर अलपत्र परेकाे अवस्थामा बुधबार उद्धार टाेलीले भेटेकाे थियाे ।  खाल्डाेमा खसेका लिउ चेन युनको भने शव मात्र फेला परेकाे थियो ।

ताइवानको नेशनल डोङ हृवा युनिभर्सिटीका विद्यार्थी लियान सेङ यू र लिउ चेन युन भारत हुँदै नेपाल आएका थिए । उनीहरु मार्च ९ मा उत्तरी धादिङ पुगेका थिए।

हर्नुहाेस् केशव थाेकरले खिचेका फाेटाे र भिडियाेः

ताइवानी युवक लियान सेङ यू। तस्बिरः केशव थाेकर
ताइवानी युवक लियान सेङ यू। तस्बिरः केशव थाेकर
ताइवानी युवक लियान सेङ यू। तस्बिरः केशव थाेकर
ताइवानी युवक लियान सेङ यू। तस्बिरः केशव थाेकर
ताइवानी युवक लियान सेङ यू। तस्बिरः केशव थाेकर
ताइवानी युवक लियान सेङ यू। तस्बिरः केशव थाेकर
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App