coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सल्यानमा दलहरूले उम्मेदवारको टुंगो लगाए

दाङ– प्रदेश नम्बर ६ को सल्यान जिल्लामा प्रमुख दलहरुले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएका छन् । प्रमुख दलहरु कांग्रेस,एमाले, नेकपा माओवादी केन्द्र, राप्रपाले उम्मेदवार टुंगो लगाएर चुनावी तयारी तिब्र पारेका हुन् । तीन नगरपालिका सहित सात गाउँपालिका रहेको सल्यानमा केही दलहरुले सबै तहका लागि उम्मेदवार तय गरिसकेका छन् भने केहिले गाउँपालिकाका उम्मेदवार चयनको प्रक्रियामा छन् ।

प्रमुख दल नेपाली कांग्रेसले जिल्लाका सबै एकाईहरुमा उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसले शारदा नगरपालिकाको मेयर पदको उम्मेदवार सुरेश अधिकारीलाई बनाएको छ । उनि पूर्व स्ववियु सभापति संगै नेपाल ट्रेड युनियन कांग्रेसमा रहेर राजनीति गरेका नेता हुन् । यसैगरि उपमेयरमा सावित्रा बस्नेतलाई कांग्रेसले उम्मेदवार तोकेको छ ।

जिल्लाको बागचौर नगरपालिकामा गोरखबहादुर केसी कांग्रेसको तर्फबाट मेयरको उम्मेदवार बनेका छन् । उनि साविक थारमारे गाविसका पूर्व उपाध्यक्ष हुन् भने सल्यान कांग्रेस क्षेत्र नम्बर १ का सभापति हुन् । यस्तै उपमेयरमा कांग्रेसले मेनका चन्दलाई उपमेयरको उम्मेदवार तोकेको छ । उनि कांग्रेस महाधिवेशन प्रतिनिधि हुन् ।

अर्को नगरपालिका बनगाड कुपिण्डे नगरपालिकामा दिपेन्द्र बिष्टलाई उम्मेदवार तोकिएको छ । उनि पार्टीका पूर्व जिल्ला सदस्य हुन् । यस्तै उपमेयरमा लक्ष्मी सुनार तोकिएकी छिन् । उनि पार्टी महाधिवेशन प्रतिनीधि हुन् । कांग्रेसले नगरपालिका संगै गाउँपालिकाका उम्मेदवार पनि टुंगो लगाईसकेको छ ।

यस्तै नेकपा एमालेले पनि जिल्लाका सबै एकाईहरुमा आफ्ना उम्मेदवार टुंगो लगाईसकेको छ । एमालेका अनुसार शारदा नगरपालिकाको मेयर पदका लागि पार्टी जिल्ला सदस्य रामकुमार खड्गीलाई उम्मेदवार बनाईएको छ । उपमेयरमा  अखिल नेपाल महिलासंघका अध्यक्ष सरीता हमाललाई उम्मेदवार तोकिएको छ ।

बागचौर नगरपालिकामामा एमालेले लोकवहादुर डाँगीलाई मेयरको उम्मेदवार बनाएको छ । डाँगी एमाले प्रदेश समिति सदस्य हुन् । यस्तै उपमेयरमा ओमादेबी खत्रिलाई उम्मेदवार तोकिएको छ । बनगाड कुपिण्डे नगरपालिकामा पार्टी जिल्ला अध्यक्ष गोविन्द पुन मेयरको उम्मेदवार बनेका छन् भने चम्फा पुरी उपमेयरको उम्मेदवार बनेकी छन् ।

यस्तै नेकपा माओवादी केन्द्रले शारदा नगरपालिकामा प्रमोद श्रेष्ठलाई मेयरमा उठाएको छ । उनि पार्टीका महाधिवेशन आयोजक समितिका सदस्य हुन् । उपमेयरमा झरना बुढाथोकीलाई उम्मेदवार बनाईएको छ । त्यस्तै बनगाड कुपिण्डे नगरपालिकामा कर्णवहादुर बुढाथोकीलाई मेयरको उम्मेदवार बनाईएको छ । उनि पार्टीका पोलिट ब्यूरो सदस्य तथा  पार्टीका सल्यान जिल्ला संयोजक हुन् ।  यस्तै उपमेयरमा मञ्जु ऐरीलाई उम्मेदवार बनाईएको छ ।  

माओवादी केन्द्रले बागचौर नगरपालिकामा उम्मेदवार टुंगो लगाउन बाँकी छ भने ७ गाउँपालिका मध्य एउटा गाउँपालिकामा उम्मेदवार टुंगो लगाउन बाँकी छ ।

यस्तै चौथो दल राप्रपाले तीन नगरपालिका मध्य दुई नगरपालिकाको मेयर पदका उम्मेदवार मात्रै टुंगो लगाएको छ । राप्रपाका जिल्ला अध्यक्ष मनोज सिंहका अनुसार शारदा नगरपालिका र बागचौर गाविसका मेयर उम्मेदवार मात्रै टुंगो लागेको छ । सिंहका अनुसार शारदा नगरपालिकाको मेयर पदका लागि राप्रपाले पार्टी सहमहामन्त्री मनोजकुमार प्रधानलाई उम्मेदवार बनाएको छ । यस्तै बागचौर नगरपालिकाको मेयर पदमा टोप्पल केसीलाई उम्मेदवार बनाएको छ । बाँकी तहका उम्मेदवारको टुंगो चाँडै लगाईने जिल्ला अध्यक्ष सिहंले वताए । ‘आजभोलीमै सबै एकाईमा उम्मेदवारको टुंगो लगाईसक्छौँ,’ उनले भने ।
अन्य साना दलहरुले भने उम्मेदवार चयन गर्न सकेका छैनन् ।

प्रदेश नम्बर ६ को सल्यानमा पहिलो चरण वैशाख ३१ मा स्थानीय तहको निर्वाचन हुने छ । सल्यानमा एक लाख २५ हजार दूई सय ५६ मतदाता छन् ।

 

 

 

 

 

प्रकाशित: १५ वैशाख २०७४ १०:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App