६ वैशाख २०८१ बिहीबार
राजनीति

गोरखामा माओवादीले टुङ्गो लगायो उम्मेद्ववारहरू

गोरखा – नेकपा माओवादी केन्द्र गोरखाले स्थानीय तहमा चुनाब लड्ने उम्मेद्ववारको टुङ्गो लगाएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै माओवादीले लामो कसरतपछि स्थानीय तहमा उम्मेद्ववार छनौट सकिएको बताएको छ ।

पार्टी भित्र निकै रस्साकस्सी चलेको गोरखा नगरपालिकाको उम्मेद्ववारमा कृष्ण रानालाई चयन गरेको छ । अन्य सबै गाउँ र नगरपालिकामा उम्मेद्ववार सहजै छनौट गरेको माओवादीलाई गोरखा नगरपालिकामा जिल्ला अध्यक्ष लेखबहादुर थापा र केन्द्रीय सदस्य कृष्ण राना मध्ये कसलाई बनाउने भन्नेमा रस्साकस्सी चलेको थियो । 

अन्य पार्टीसँग चुनावी तालमेलको प्रयास भइरहेकाले उप मेयर भने खाली राखेको जिल्ला इन्चार्ज चुणामणी खड्काले बताए ।  त्यस्तै पालुङ्टार नगरपालिकामा विवश चिन्तन मेयर र पम्फा बसेल उप मेयर चयन भएका छन् । अन्य ९ वटा गाउँ पालिकामा मध्ये सिरान्चोक गाउँपालिकामा उप प्रमुख बाहेक सबै माओवादीले उम्मेद्धवार छानेको छ । वडा स्तरको भने यस अघि नै गाउँपार्टीले छनौट गरिसकेको जिल्ला इन्चार्ज खड्काले बताए । एमाले र कांग्रेसले भने केही गाउँपालिकाको टुङ्ग्याएपनि सबैको घोषणा गर्न सकेका छैनन् । 

यी हुन्  गोरखाको गाउँपालिकामा माओवादी केन्द्रबाट प्रमुख र उप प्रमुखका उम्मेद्ववारहरू 

प्रकाशित: १५ वैशाख २०७४ ०७:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App