coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तान एक्लाउने भारतीय योजनालाई भुटानको धक्का

भारत र भुटानका प्रधानमन्त्रीहरु क्रमशः मोदी र तोग्बे

काठमाडौं- क्षेत्रीय रुपमा पाकिस्तानलाई एक्लाउन भारतले अघि सारेको उपक्षेत्रीय सञ्जालको अवधारणालाई भुटानले अस्वीकार गर्ने भएको छ। भारतको नेतृत्वमा नेपाल, बंगलादेश र भुटान मोटर भेइकल सन्धि (बीबीआईएएन) अघि बढाउन भएको प्रयास भुटानी सांसदले अस्वीकृत गरिदिएको हो। भुटानको यो निर्णयले पाकिस्तानलाई एक्लाएर उपेक्षत्रीय नेतृत्व लिने नरेन्द्र मोदी सरकारको रणनीतिलाई धक्का पुगेको छ।

उर्जा, सडक, रेलको साथै साझा सुख्खा बन्दरगाहको खाका सहित बनेको बीबीआइएनबाट भुटानले बाहिरिने निर्णय गरेको हो। अब परियोजनामा नेपाल, भारत र बंगलादेश मात्र बाँकी रहेका छन्।

उर्जा, सडक, रेलको साथै साझा सुख्खा बन्दरगाहको खाका सहित बनेको बीबीआइएनबाट भुटानले बाहिरिने निर्णय गरेको हो। अब परियोजनामा नेपाल, भारत र बंगलादेश मात्र बाँकी रहेका छन्। भुटान बाहिरिएको अवस्थामा नेपाल र बंगलादेशलाई कसरी साथमा लिएर जाने भनेर भारतले रणनीति बनाउन थालेको छ।

पाकिस्तानबाहेकको उपक्षेत्रीय संगठन निर्माण गरी त्यसको नेतृत्व लिने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको महत्वकांक्षी यो परियोजना भुटानको निर्णयपछि तीन देशमा सीमित हुन पुगेको हो।

क्षेत्रीय सडक सञ्जालले ट्राफिक समस्या, प्रदुषण र रोजगारीमा खतरा आउन सक्ने भन्दै भुटानी संसदले सो परियोजनालाई अस्वीकृत गरिदिएको हो।

भुटानी प्रधानमन्त्री छिरिङ तोक्वेले कूटनीतिक माध्यमबाट आफ्नो निर्णय भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई जानकारी गराइ सकेका छन्। उनले नेपाल-बंगलादेश र भारतलाई सँगै लिएर जाँदै गर्नु भुटान परियोजनामा पछि सहभागी हुनेछ भन्ने सन्देश दिएको अंग्रेजी भाषाको भारतीय दैनिक इन्डियन एक्स्प्रेसले उल्लेख गरेको छ।

भारतसँग नरम भुटानको वर्तमान सरकारले परियोजनालाई अघि बढाउन चाहेको थियो। विपक्षी पार्टीहरुले सो विषयले राष्ट्रिय स्वार्थ उल्लंघन गर्ने भन्दै त्यसविरुद्ध मोर्चाबन्दी गरेका थिए। संसदमा मतदान हुँदा भारतीय चाहनाको सो प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।

भारतले सन् २०१५ मा बीबीआइएनलाई ब्युँताउँदै पाकिस्तान एक्ल्याउने रणनीति ल्याएको थियो। 

प्रकाशित: १५ वैशाख २०७४ ०६:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App