coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एकहप्ता नबित्दै फर्किए निर्वाचन अधिकृत

गुल्मीमा भएकाे निर्वाचन अधिकृतहरूका कार्यलय उद्घाटन कार्यक्रम । तस्बिर: शिवलाल सुवेदी

गुल्मी – जिल्लामा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न गाउँ पुगेका निर्वाचन अधिकृतहरू धमाधम फर्किन थालेका छन् । जिल्लाका २ नगरपालिका र १० गाउँपालिकामा स्थानीय तहको निर्वाचन सम्पन्न गराउन गाउँगाउँमा आएका निर्वाचन अधिकृत काठमाडौ फर्किन थालेका हुन । 

गाउँमा पुगेको केही दिन मात्र भएको थियो आयोगले फिर्ता बोलाएपछि फर्कियौं ।

निर्वाचन आयोगले जिल्लामा खटिएका सवै निर्वाचन अधिकृतहरूलाई स्थापना भएका कार्यलय र आफुले गरेका कामहरू सवै बन्द गरेर फिर्ता बोलाएपछि खटिएका निर्वाचन अधिकृतहरू फर्किन थालेका हुन । निर्वाचन कार्यलयले जिल्लामा खटाएका प्रमुख निर्वाचन अधिकृत माननीय जिल्ला न्यायधिस सहित १२ वटै निर्वाचन अधिकृतहरूले आफ्ना कार्य क्षेत्रमा काम शुरु गरिसकेका थिए । 

निर्वाचन अधिकृत कार्यस्थलमा पुगेर काम सुरु गरेका भएपनि निर्वाचन आयोगको आदेश अनुसार निर्वाचन अधिकृतहरू फर्किएको मुख्य निर्वाचन अधिकृत मात्रिका प्रसाद मरासेनीले बताए । केही दिनअघि सवै निर्वाचन अधिकृतहरू जिल्लामा आएर आफ्नो कार्यस्थलमा काम शुरु गर्नुभएको थियो मुख्य निर्वाचन अधिकृत मरासेनीले भने, ‘काम शुरु भएको एक हप्ता पनि पुरा नहुदै फर्किन प¥यो ।’ काम सुरु हुन थालेका निर्वाचन अधिकृतका कार्यालय एक हप्ता पनि पूरा नहुँदै बन्द भएका छन् । सरकारले स्थानीय तहको चुनाव दुई चरणमा सम्पन्न गर्ने निर्णय गरेपछि निर्वाचन आयोगको निर्देशनमा जिल्लामा खोलिएका सबै निर्वाचन अधिकृतका कार्यालयहरू समेत बन्द भएका छन् ।

धुर्कोट गाउँपालिकाका निर्वाचन अधिकृत होमकान्त भण्डारीका अनुसार सरकारले २ चरणमा निर्वाचन गर्ने तयारी गरेकाले आफुहरू खटिएको गुल्मीमा दोस्रो चरणमा निर्वाचन हुने भएकाले आफुहरू फर्किएको बताए । हामी गुल्मी जिल्लामा चैतको अन्तिम साता पुगेर वैशाख ३ गते मुख्य निर्वाचन अधिकृतको कार्यलय स्थापना भएदेखि निर्वाचनको काममा खटिएका थियौ भण्डारीले भने, ‘आफ्ना कार्यलय समेत स्थापना भएका थिए , गाउँमा पुगेको केही दिन मात्र भएको थियो आयोगले फिर्ता बोलाएपछि फर्कियौं ।’ तर निर्वाचन गराउनको लागि आशा बोकेर गाउँ पुगेको एकहप्ता पनि नुहँदै फर्किनु परेकाले अधिकृतहरूलाई समेत अप्ठारो लागेको बताएका छन । यता जिल्ला निर्वाचन कार्यालय गुल्मीले जिल्लामा खोलेका निर्वाचन अधिकृतहरूको कार्यलय बन्द गराउदै हिडेको छ । निर्वाचन आयोगले जिल्लामा खटिएका सबै निर्वाचन अधिकृतहरूलाई  निर्वाचन सम्पन्न गराउनका लागि भन्दै प्रशिक्षण दिएर निर्वाचनमा खटाएको जिल्ला अदालतका श्रेस्तेदार दुर्गा बस्यालले बताए । 

ती निर्वाचन अधिकृतहरूलाई तलवको १ सय २१ प्रतिशत भत्ता दिएर चुनाब गराउने जिम्मेवारीका साथ पठाइदिँदा कार्यालय बन्द भएको मिति सम्म प्रति निर्वाचन अधिकृत बरावर करिव ४० हजार रुपैयाँ एकजना निर्वाचन अधिकृतको लागि खर्च भएको जिल्ला निर्वाचन कार्यलय गुल्मीका सूचना अधिकारी लक्ष्मण पाण्डेले जानकारी दिए । चुनाव गराउनको नगाउँपालिका र गाउँपालिकामा पुगेर कार्यालय स्थापना गरेर काम सुरु गरिसकेका निर्वाचन अधिकृतहरूको लागि ठुलै रकम खर्च हुने देखिएको छ । गुल्मीमा २ नगरपालिका र १ गाउँपालिकामा गुल्मी मै कार्यरत उपसचिव निर्वाचन अधिकृतका रुपमा तोकिएका थिए भने अन्य ९ जना काठमाडौमा विभिन्न मन्त्रालयमा कार्यरत उपसचिवहरू निर्वाचन अधिकृतहरूका रुपमा खटिएका थिए । 

प्रकाशित: १५ वैशाख २०७४ ०५:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App