७ वैशाख २०८१ शुक्रबार
राजनीति

गाउँ–गाउँमा उत्साह उस्तै

पूर्वेली ब्युरो

विराटनगर- स्थानीय तह निर्वाचनबाट ‘अधिकारसम्पन्न’ जनप्रतिनिधि छनोट गर्न पाइने भएपछि  कोसी–मेचीका गाउँपालिकामा चुनावी वातावरण तातेको छ। यो क्षेत्रको चुनाव दोस्रो चरण (जेठ ३१) मा सर्दा  चुनावी गतिविधिमा थोरै ‘ब्रेक’ लागे पनि उत्साहमा भने कमी देखिएको छैन।

मोरङका प्रमुख राजनीतिक दलले आफ्नो पक्षमा मत माग्न थालिसकेका छन् । केही गाउ“पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लागे पनि धेरैजसोमा बाँकी छ । मोरङका आठ गाउ“पालिकामध्ये नेपाली कांग्रेसले एउटा गाउ“पालिकामा मात्रै उम्मेदवार छानेको छ । केराबारी गाउ“पालिका प्रमुखमा रोहित कार्की र उपप्रमुखमा कल्पना राईलाई कांग्रेसले उम्मेदवार बनाएको छ ।

                आकांक्षी धेरै देखिएकाले टुंगो लगाउन मुस्किल परिरहेको कांग्रेस मोरङ प्रचार विभाग प्रमुख रोहित कार्कीले बताए । उनका अनुसार गाउ“पालिका प्रमुख  र उपप्रमुखका लागि ४ देखि १२ जनासम्म आकांक्षी छन् ।

एमालेले भने ५ वटा गाउ“पालिकामा उम्मेदवार टुंगो लगाएको छ । एमालेले ग्राम थान, केराबारी, कटहरी, धनपाल र जहदा गाउ“पालिका प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ ।       मिकलाजुङ, कानेपोखरी र वुढी गंगामा पनि उसले उम्मेदवार लगभग टुंगिसकेको जनाएको छ । पार्टीले चुनावी प्रचार तीव्र पारेको एमाले मोरङ सचिवालय सदस्य वासिम आलमले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रले पनि मोरङको कटहरी र बुढीगंगा गाउ“पालिकाबाहेक सबै गाउ“पालिकामा उम्मेलवार टुंगो लगाइसकेको माओवादी मोरङका नेता गणेश उप्रेतीले जानकारी दिए ।

आकांक्षीको लर्को

                दुई दशकपछि हुन लागेको स्थानीय चुनाव भएका कारण झापामा पनि हरेक दलमा आकांक्षीको लर्को ठूलै छ । दलैपिच्छेका नियमित भेला र बैठक, उम्मेदवारी हात पार्न विभिन्न पदका आकांक्षीको दौडधुप र ‘लबिङ’ जारी छ । झापाको ‘कर्णाली’ भनेर चिनिने ६ वटा गाविस समायोजन गरेर कचनकवल गाउँपालिका बनेको छ । घेराबारी, पथरिया, वालुवाडी, केचना, पाठामारी र बनियानी मिलेर बनेको यो गाउँपालिकामा ३९ हजार ५ सय ३५ जनसंख्या छ। कांग्रेस, एमाले माओवादी केन्द्र, राप्रपालगायत ठूला दलले पनि सबै उम्मेदवार टुंगो लगाएका छैनन्। केही नगरमा मेयर–उपमेयरको नाम घोषणा भए पनि गाउँपालिकामा भने चयन भएको छैन।

उम्मेदवार छान्न व्यस्त     

                इलाममा राजनीतिक दल स्थानीय निर्वाचनमा उम्मेदवार छान्न व्यस्त छन् । एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत कुनै पनि दलले सबै उम्मेदवारको अन्तिम टुंगो लगाउन भने सकेका छैनन् ।

                जिल्लाका ६ गाउँपालिकामध्ये एमालेले २ गाउँपालिका प्रमुख र उपप्रमुखको नाम टुंग्याएको छ। एमालेले सन्दकपुर गाउँपालिका प्रमुखका लागि उदय राई र उपप्रमुखका लागि शोभा पराजुली तथा माङ्सेबुङ गाउँपालिका प्रमुखमा  हेमन्त राई र उपप्रमुखामा सुनिता लिम्ब्को नाममा सहमति जुटाएको हो।    ‘बाँकी ४ गाउँपालिका प्रमुख–उपप्रमुखसहित अन्य उम्मेदवारको नाममा छलफल भइरहेको छ,’ एमाले जिल्ला सचिवालय सदस्य नवराज शंकरले भने ।

                उनका अनुसार एमालेले जिल्लाका ८१ मध्ये ५७ वडाअध्यक्षका उम्मेदवारको नाम टुंग्याइसकेको छ। कांग्रेसले अहिलेसम्म माङ्सेबुङ गाउँपालिका प्रमुखमा डिकेन्द्र इदिङ्गोको नाममा ‘सहमति’ जुटाएको छ। कांग्रेस जिल्ला सचिव निरोज खड्गीले जिल्ला समितिको बैठक बसिरहेको र केही दिनभित्र सबै उम्मेदवारको नाम सार्वजनिक गर्ने बताए । ‘केही गाउँपालिका प्रमुख–उपप्रमुखको नाममा पनि दलभित्र सहमति जुटिसकेको छ । तर, सबैको नाम एकैपटक सार्वजनिक गर्नेछौं,’ उनले मंगलबार भने ।

                माओवादी केन्द्रले ५ गाउँपालिमा प्रमुखको नाम टुंगो लगाएको जनाएको छ । माओवादी जिल्ला कार्यालय सचिव जीवन शर्माका अनुसार सन्दकपुर गाउँपालिकामा प्रेमनाछिरिङ राई, रोङमा नवराज कट्टेल, चुलाचुलीमा तुला लिम्बु, माङ्सेबुङमा जनम राई र फाकफोकथुममा राजकुमार थापाको नाम तय भएको छ। ‘बाँकी उम्मेदवारको नाम टुंगो लगाउन छलफल भइरहेको छ,’ शर्माले भने ।

उम्मेदवार बन्न शिक्षकबाट राजीनामा

तेह्रथुममा गाउँपालिका प्रमुखका लागि दलले आधा दर्जन बढी शिक्षकको नाम सिफारिस गरेका छन् । दुई नगरपालिका र ४ गाउँपालिका रहेको जिल्लामा केही शिक्षकको नाम पनि सिफारिस गरिएको एमाले तेह्रथुमले जनाएको छ । जिल्ला शिक्षा कार्यालयमा केही शिक्षकले राजीनामापत्र पेस गरेको विद्यालय निरीक्षक लिला पोख्रेलले जानकारी दिए । यसरी राजीनामा दिन शिक्षक प्राविदेखि मावि तहसम्मका छन् ।

आन्तरिक सहमतिका लागि प्रयास

                पाँचथरमा पनि चुनवी वातावरण ताते पनि दलले अझै उम्मेदवार चयन गरेका छैनन् । उम्मेदवार छान्न छलफल भइरहेको कांग्रेस जिल्ला सचिव बृजहाङ आङदेम्बेले जानकारी दिए । धेरै वडामा चयन भए पनि आकांक्षी बढी भएकाले गाँउ÷नगरपालिका प्रमुख तथा उप–प्रमुखमा टुङ्गो नलागेको उनले जानकारी दिए ।

 एमालेले धेरै वडामा उम्मेदवार तय गरे पनि नगरपालिका मेयर र उपमेयर छान्न बाँकी रहेको जनाएको छ । जिल्ला सचिव तिवेन्द्रराज चापागाईंले सहमति जुटाउन प्रयास भइरहेको जानकारी दिए ।

                गुटगत आधारमा लबिङ

सुनसरीका ६ गाउँपालिकामा पनि चुनावी माहोल तातेको छ । जिल्लाका गाउँपालिकामा अहिलेसम्म कुनै पनि पार्टीले उम्मेदवार तय गर्न भने सकेको छैन् । तर, सबै पार्टीमा उम्मेदवारका आकांक्षीको लामै सूची  छ । आकांक्षीले गुटगत आधारमा जिल्लास्तरका नेतासँग लबिङ गरिरहेका छन् ।  बर्जु, हरिनगरा, गढी, भोक्राहा, कोसी र देवानगन्ज गाउँपालिकामा मधेसी समुदायको बाहुल्यता छ । कांग्रेसले प्रत्येक गाउँपालिकामा अलगअलग चुनावी अजेन्डा बनाउन टिम परिचालन गरिसकेको जिल्लासचिव केदार भण्डारीले बताए ।

                एमालेले पनि चुनावी अजेन्डा तयार गर्न टिम बनाएको मछ । केन्द्रसँगै जिल्लाले तयार गरेको घोषणापत्रमा गाउँपालिकाको अलगै प्रतिबद्धता जनतासमक्ष पेस गरिने जिल्ला सचिव नन्द बस्नेतले बताए।

माओवादी केन्द्रले गाउँपालिकामा समृद्ध गाउँ, भूमिनीति, कृषि विकास, शिक्षा, खेलकुद, स्वास्थ्य, ग्रामीण पूर्वधार विकास, उपभोक्तामुखी अधिकार,  सामाजिक न्याय र शान्तिलाई मुख्य चुनावी अजेन्डा बनाउने जिल्लास्तरीय नेता सन्तोष थारुले बताए । चुनावमा तयारीमा मधेसी दलका नेता पनि सक्रिय छन् ।

                वर्चस्व तोड्न र जोगाउन रस्साकस्सी

तीन नगरपालिका र ४ गाउँपालिका रहेको धनकुटामा ९५ हजार ८८७  मतदाता छन् ।  मतदातालाई आफ्ने पक्षमा पार्न दलहरू रस्साकस्सी गरिरहेका छन् । कांग्रेसले धनकुटामा एमालेको वर्चस्व अन्त्य गर्न भरपुर प्रयास गरिरहेको छ । गाउँगाउँमा चुनावी कार्यक्रम गरिरहँदा कांग्रेसले आफ्नो पार्टीको नेतृत्वमा संविधान, विकास र समृद्धि भन्ने नारा लगाएको छ । साथै टोलटोलमा मोटरबाटो, खानेपानी, स्वास्थ्य र शिक्षालाई पनि चुनावी मुद्दाका रुपमा उठाइएको कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले बताए ।

                एमाले पुरानो वर्चस्व जोगाउन लागिपरेको छ । ‘आफ्नो गाउँ आफंै बनाऔं, सामाजिक सुरक्षा भत्ता वृद्धि,  शिक्षा र स्वास्थ्य सेवा घरदैलोमा पु¥याउने जस्ता मुद्दा एमालेले उठाएको धनकुटा अध्यक्ष राजेन्द्र राईले बताए । 

त्यस्तै नेकपा माओपादी केन्द्रले जनयुद्धको बलमा प्राप्त राजनीतिक अधिकार संस्थागत गरी उपयोग गर्ने, सिंहदरबारको अधिकार गाउँगाउँमा ल्याउने जस्ता नारा दिएको छ । विकास र समृद्धिको आधार चुनावको मूल मुद्दा बनेको माओवादी केन्द्र धनकुटा इन्चार्ज हेमराज भण्डारीले बताए ।

(विनोद सुवेदी/विराटनगर, अमर खड्का/सुनसरी, राजु अधिकारी/झापा, सिद्धराज राई/धनकुटा, भविश्वर लिम्बु/ तेह्थुम, भिम चापागाइँ/इलाम र गिरिराज बाँस्कोटा/पाँचथरको सहयोगमा।)

               

 

प्रकाशित: १५ वैशाख २०७४ ०२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App