८ वैशाख २०८१ शनिबार
राजनीति

लमजुङमा एमाले—माओवादीको चुनाबी मोर्चा बन्यो

लमजुङ— स्थानीय तह निर्वाचनको सरगर्मी बढ्दै जाँदा जिल्लामा क्रियाशील दलहरुमध्ये नेकपा एमाले र माओवादी केन्द्रबीच औपचारिक रुपमै चुनावी कार्यगत एकता भएको छ।

नेकपा एमालेका जिल्ला अध्यक्ष धनञ्जय दवाडी र नेकपा माओवादी केन्द्रका ईञ्चार्ज पारसमणि पौडेलद्वारा हस्ताक्षरित एक वाक्य र २८ शब्दको संक्षिप्त विज्ञप्ती जारी गरिएको छ।

दुवै पार्टीको तर्फबाट विहीबार बेसीशहरमा संयुक्तरुपमा पत्रकार सम्मेलन गरी विज्ञप्ती जारी गर्दै संयुक्त मोर्चा बनाएर स्थानीयतह निर्वाचनमा जाने प्रतिवद्धता व्यक्त गरिएको हो। राष्ट्र निर्माण र लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरणमा प्रतिवद्ध हुँदै जिल्लाको समग्र विकास गर्नका लागि ती दुई दलबीच सहकार्य गरिएको विज्ञप्तीमा उल्लेख छ।

नेकपा एमालेका जिल्ला अध्यक्ष धनञ्जय दवाडी र नेकपा माओवादी केन्द्रका ईञ्चार्ज पारसमणि पौडेलद्वारा हस्ताक्षरित एक वाक्य र २८ शब्दको संक्षिप्त विज्ञप्ती जारी गरिएको छ। ४ नगरपालिका र ४ गाउँपालिका गरी ८ वटा पालिका मध्ये एमालेलाई ५ प्रमुख र माओवादी केन्द्रलाई ३ प्रमुख पर्ने गरी सहमति कायम गरिएको हो। जिल्लास्थित अन्य दलहरुसँग पनि कार्यगत एकताको लागि अनौपचारिक ढंगले संवाद भईरहेको एमाले अध्यक्ष दवाडीले बताए।

पत्रकार सम्मेलनका क्रममा नेपालका कम्युनिष्टहरु विभिन्न विषयमा विभाजित हुँदा नागरिकलाई देखाइएको सपना साकार पार्न नसकिएको र मुलुकको सम्वृद्धि खतरामा पर्दै गएकाले कार्यगत एकता गरिएको एमाले अध्यक्ष दवाडीले उल्लेख गरे। त्यस्तै दशवर्षे द्वन्द्वको उपलब्धिस्वरुप पाएको संविधानलाई कार्यान्वयन गर्ने र संस्थागत गर्ने पहिलो खुड्किलो नै स्थानीय तह निर्वाचन भएकाले यसलाई प्रभावकारी बनाउन वामपन्थी समिकरण गरिएको माओवादी केन्द्रका ईञ्चार्ज पौडेलले बताए।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य मायानाथ अधिकारी, एमालेका सांसदहरु जमिन्द्रमान घले, टुकाभद्र हमाल, डा.भिष्मनाथ अधिकारी, माओवादी केन्द्रका नेता बुद्धिमान तमु, जिल्ला सेक्रेटरी मधु अधिकारी लगायतको सहभागिता रहेको थियो।

प्रकाशित: १४ वैशाख २०७४ १३:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App