८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

पाकिस्तानद्वारा २९ भारतीय माझी पक्राउ

इस्लामाबाद—पाकिस्तानका सरकारी अधिकारीले २९ जना भारतीय माझीलाई बिहीबार नियन्त्रणमा लिएका छन् । देशको सामुद्रीक व्यापारसम्वन्धी नियमहरु उलङ्घन गरेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिइएको पाकिस्तानी सुरक्षा अधिकारीले जनाएका छन्।

सामुद्रिक व्यापारसम्बन्धी सुरक्षा निकायले २९ जना माझीसँगै पाँच ओटा डुङ्गा पनि नियन्त्रणमा लिइएको बताएको छ।

'भारतीय माझीले अवैधरुपमा पाकिस्तानी जलक्षेत्रमा माछा मारेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको हो', सामुद्रिक व्यापारसम्वन्धी सुरक्षा निकाय (एमएसए)का प्रवक्ताले सञ्चारकर्मीलाई भने।

एमएसएले नियन्त्रणमा लिइएका माझीहरुलाई थप अनुसन्धान र कानुनी कारबाही प्रक्रियाका लागि प्रहरीलाई हस्तान्तरण गरेको छ। उनीहरुलाई अदालती प्रक्रियातर्फ लगिने प्रहरीले जनाएको छ।

भारत र पाकिस्तानले पटकपटक एक अर्को देशका माझीलाई नियन्त्रणमा लिने गर्दछन्।

यस महिनामा मात्रै पाकिस्तानी सुरक्षाकमीले भारतीय माझीहरुलाई नियन्त्रणमा लिएको यो दोस्रो पटक हो। गत मार्च २६ तारिखका दिन पाकिस्तानी अधिकारीहरुले झन्डै एक सय जना भारतीय माझीलाई नियन्त्रणमा लिएका थिए। रासस/सिन्ह्वा

प्रकाशित: १४ वैशाख २०७४ १३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App