coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राप्रपाले पोखराको मेयर-उपमेयरको उम्मेदवार तोक्यो

पोखरा—राप्रपा र अखण्ड नेपाल पार्टीले पोखरा–लेखनाथ महानगरपालिकाको प्रमुख र उप–प्रमुखका उम्मेदवार तोकेका छन्।

राप्रपाले महानगरपालिकाको प्रमुखमा गीता गुरुङ र उपप्रमुखमा रमेशबहादुर खत्रीलाई छनौट गरेको मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष सूर्य बाँस्तोलाले जानकारी दिए।  अखण्ड नेपाल पार्टीले महानगरपालिकाको प्रमुखमा मोती गिरी र उप–प्रमुखमा गोमा रायमाझीलाई छनौट गरेको पार्टीका जिल्ला अध्यक्ष पद्मबहादुर कार्कीले बताए।

पार्टीले उम्मेदवार बनाउने निश्चित भएपछि मतदाता शिक्षाका लागि खटिएका दुईजना महिला स्वयम्सेवकले राजीनामा दिएको क्षेत्रीय निर्वाचन अधिकारी गङ्गालाल सुवेदीले बताए।

राजीनामा दिनेमा साविक निर्मल पोखरी गाविसकी सीता विक र लाहाचोककी कमला पौडेल सुवेदी हुन्। उनीहरु दुवैलाई नेकपा (एमाले)ले उम्मेदवार बनाउने भएको बताइएको छ । रासस

 

प्रकाशित: १४ वैशाख २०७४ १०:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App