८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भारतीय अभिनेता विनोद खन्नाको निधन

विनोद खन्ना

मुम्बई— बलिउड अभिनेता एवं सांसद विनोद खन्नाको ७० वर्षको उमेरमा बिहीबार निधन भएको छ। १४० भन्दा बढी फिल्ममा अभिनय गरेका उनको बिहीबार मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा निधन भएको हो।

क्यान्सर पीडित उनी अप्रिलको पहिलो सातादेखि अस्पताल भर्ना भएका थिए। अस्पतालले एक विज्ञप्ति जारी गर्दै खन्नाको आज बिहान ११:२० कार्सिनोमाको कारण निधन भएको उल्लेख गरेको थियो। 

क्यान्सर पीडित उनी अप्रिलको पहिलो सातादेखि अस्पताल भर्ना भएका थिए। अस्पतालले एक विज्ञप्ति जारी गर्दै खन्नाको आज बिहान ११:२० कार्सिनोमाको कारण निधन भएको उल्लेख गरेको थियो। 

सन् १९४६ मा पेशावरमा जन्मिएका अभिनेता खन्ना सक्रिय भारतीय राजनीतिज्ञ समेत थिए। उनी पञ्जाबबाट चार पटक सांसद निर्वाचित भए।

सन् १९६८ मा सुनिल दत्तको फिल्म ‘मन कि मित’बाट बलिउड फिल्ममा डेब्यु गरेका उनको यसै महिना 'एक थी रानी ऐसी भी', फिल्म रिलिज भएको थियो। सक्रिय राजनीतिमा लागेका उनी पछिल्लो समय ‘प्लेयर’, ‘दबंग’, ‘दबंग २’ लगायत फिल्ममा देखिएका थिए।

करिअरको सुरुमा उनी सहायक अभिनेता एवं खलनायकको रुपमा देखिएका थिए।

'मेरे अपने', 'दयावान', 'कुर्बानी', 'मेरा गाउँ मेरा देश', 'मुकद्दर का सिकन्दर', 'लेकिन', 'हेराफेरी', 'अमर अकबर एंथनी', 'जुर्म', 'चाँदनी', और 'क्षत्रिय' जस्ता फिल्ममा गरेको अभिनयका लागि दर्शकले उनलाई सम्झिने गरेका छन्।  करिअरको उचाईमा पुगेका बेला उनी अध्यात्मिक गुरु रजनिशको शिष्य बनेका थिए। त्यसपछि सन् १९८७ मा मात्र उनी फिल्ममा फर्किएका थिए।

१९९७ मा भारतीय जनता पार्टी प्रवेश गरेका उनी पंजाबको गुरदासपुरबाट चार पटक लोकसभाका लागि चुनिए। उनी १९९८, १९९९, २००४ तथा २०१४ मा विजयी भए भने २००९ मा उनले चुनाब हारेका थिए। अटल बिहारी वाजपेयी सरकारकामा पर्यटन तथा संस्कृति मन्त्रीको रहेका उनलाई पछि विदेश राज्यमन्त्रीको जिम्मेवारी पनि दिइएको थियो।

 

प्रकाशित: १४ वैशाख २०७४ ०८:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App