८ वैशाख २०८१ शनिबार
राजनीति

मधेसी मोर्चा सरकारमा सहभागी हुनु हुँदैन: महतो

काठमाडौं- संघीय समाजवादी फोरम नेपालका सांसद डा.विरेन्द्र महतोले मधेसी मोर्चा अब बन्ने सरकारमा जान नहुने बताएका छन्।  सरकारमा सहभागी भए जनतामा नाँगिने चेतावनी उनले दिएका छन्। शुक्रबार सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा सांसद महतोले भने,‘मधेसी मोर्चा नयाँ बन्ने सरकारमा सहभागी हुने हल्ला बाहिर आएको छ, यदि यो साँचो हो भने यो राजनीतिक बेईमानी हुनेछ, मधेसी जनतामाथि झूठको राजनीति गरेको सिद्ध हुन्छ।’ उनले अहिले मधेशी मोर्चासहितको संघीय गठबन्धन आन्दोलनकै चरणमा रहेको उल्लेख गर्दै मधेशी जनताको छातिमा गोली बर्साउने दलहरुको भर्याङ बनेर सत्तामा जान नहुने अडान दोहोर्याए। उनले थपे,‘हाम्रो लागि जुन पार्टीको नेतृत्वमा सरकार बनेपनि उही कुरा हो, हिजो काँग्रेसकै पालामा मधेशी जनता आन्दोलनमा धेरै मारिएका थिए, प्रमुख राजनीतिक दलहरुकै उदासिनता कारण हाम्रा मागहरु अहिलेसम्म सम्बोधन भएका छैनन, अनि हामी किन तीनीहरुको नेतृत्वमा सरकारमा जाने ?’ सांसद महतोले मधेशी जनतालाई यतिवेला अधिकार चाहिएको उल्लेख गर्दै सत्ताको लोभमा हाम फालेर दलहरु अब बन्ने सरकारमा सहभागी भए त्यसले नराम्रो सन्देश जाने ठोकुवा गरे।

प्रकाशित: ३१ असार २०७३ १३:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App