७ वैशाख २०८१ शुक्रबार
समाज

डोल्पालीको सडक सपना साकार हुँदै

डोल्पाको खदाङमा सडक निर्माणमा जुटिरहेका सर्वसाधारण। तस्बिरः विश्वबन्धु पहाडी

काठमाडौं– राष्ट्रिय सडक सञ्जालमा जोडिने बिकट डोल्पाबासीको सपना साकार हुनै लागेको छ ।
देशका ७३ जिल्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिइसकेको बेला अब डोल्पा पनि देशका अन्य जिल्लासँग जोडिनै लागेको हो । नेपाली सेनाले निर्माण गरिरहेको जाजरकोट–दुनै सडक खण्डको एक सय १७ किलोमिटरमध्ये नौ किलोमिटर मात्र निर्माण गर्न बाँकी रहेपछि वर्षौंदेखिको बस चढ्न पाइने डोल्पाबासीको सपना पूरा हुनै लागेको हो ।

यो सडक निर्माणपछि एकातिर डोल्पा सदरमुकाम सडकको राष्ट्रिय सञ्जालमा जोडिनेछ भने अर्कोतर्फ छिमेकी जिल्ला रुकुम र जाजरकोटका दुर्गम गाउँमा बस्ने सर्वसाधारण पनि लाभान्वित हुनेछन् ।

ठुल्ठूला पहाड र अत्यधिक कडा चट्टानका कारण उक्त सडकको निर्माण कार्य कहिले सकिएला भन्ने अन्योल कायम रहेको बेला नेपाली सेनाले निर्माण कार्यलाई अन्तिम चरणमा पु¥याएपछि वर्षौंदेखिको आशा पूरा हुन लागेको भन्दै स्थानीय हर्षित छन् ।

‘डोल्पा सदरमुकाम दुनैसम्म मोटरबाटो पु¥याउने २२ वटा कम्प्रेसर मेसिनले पहाडमा प्वाल पारेर दैनिक पाँच सय केजी विस्फोटक पदार्थ खपत गरिरहेका छौं,’ सेनाले निर्माण गरिरहेको जाजरकोट–दुनै सडक निर्माण कार्यदलका प्रमुख तथा कर्णेल विश्वबन्धु पहाडीले भने, ‘यतिखेर सैनिक कार्यदलको ध्यान जतिसक्दो चाँडो डोल्पा सदरमुकाम दुनैसम्म सडक पु¥याउने छ ।’

पहाडीले डोल्पाबासी ट्याक्टरले बोकेको चामलबाट आउँदो दसैं मनाउने आसमा रहेको र सेनाले सोही आशालाई निराशामा बदलिन नदिने गरी काम गरिरहेको बताए । हाल सेनाले सर्वाधिक कडा चट्टान र ठुल्ठूला भीरपखेरा रहेको खदाङ र त्रिपुरा खण्डमा निर्माण कार्यलाई तीव्रता दिइरहेको छ । हाल सडक निर्माणका लागि ६ वटा सैनिक बेस क्याम्प राखिएको छ भने दैनिक पाँच सयदेखि सात सय श्रमिक काममा जुटिरहेका छन् । पहाडीले निर्माण कार्यलाई थप तीव्र बनाउन आउँदो महिना डोल्पाको त्रिपुराकोटमा अर्को बेस क्याम्प थप गर्ने समेत जानकारी दिए ।

हरेक जिल्ला सदरमुकामसम्म सडक सञ्जाल विस्तार गर्न सरकारले यसअघि नै घोषणा गरेकाले सोही घोषणालाई जतिसक्दो चाँडो पूरा गर्ने दबाबमा सेना रहेको बताइएको छ । पहाडीका अनुसार सडक निर्माणस्थल भौगोलिक रूपले विकट तथा कडा चट्टान नभएको भए यसअघि नै उक्त सडकको निर्माण कार्य समाप्त भइसक्ने थियो । यो सडक निर्माणपछि एकातिर डोल्पा सदरमुकाम सडकको राष्ट्रिय सञ्जालमा जोडिनेछ भने अर्कोतर्फ छिमेकी जिल्ला रुकुम र जाजरकोटका दुर्गम गाउँमा बस्ने सर्वसाधारण पनि लाभान्वित हुनेछन् ।

हाल सेनाले दुनैतर्फको त्रिवेणी–खदाङ खण्डमा निर्माण कार्यलाई केन्द्रित गरेको छ । जिरो प्वाइन्ट (जाजरकोटको पासागढ) देखि रुकुमको अन्तिम सिमानासम्मको सडक निर्माण सकिएपछि गत साउन २३ गते प्रधानसेनापति राजेन्द्र क्षेत्रीले त्यस खण्डको उद्घाटन गरेका थिए। हल डोल्पाबासी जिल्लाबाहिर जानु प¥यो भने रुकुमको सिमाना त्रिवेणीमा पुगेर बस चढ्ने गर्छन् । उक्त सडक खण्डमध्ये साढे ३० किलोमिरट रुकुम र ४६.७ किलोमिटर जाजरकोटमा पर्छ । डोल्पामा पर्ने साढे ३१ किलोमिटरमध्ये अब नौ किलोमिटर मात्र सडक निर्माण गर्न बाँकी छ ।

पहाडीका अनुसार खदाङसम्मको सडक निर्माण सकिनेबित्तिकै डोल्पाबासीको आफ्नै जिल्लामा बस चढ्ने वर्षौंदेखिको सपना पूरा हुनेछ । आउँदो दसैंभित्र खदाङसम्म मोटर पु¥याइने लक्ष्यका साथ काम भइरहेको प्रमुख सेनानी पहाडीले बताए । खदाङदेखि दुनैसम्मको नौ किलोमिटर कडा चट्टाने पहाडमा सडक निर्माणको काम सक्न भने अरु एक वर्षजति लाग्ने उनले बताए । ‘खदाङमा मोटर बाटो पुग्नेबित्तिकै डोल्पाबासीलाई ठूलो राहत हुनेछ,’ पहाडीले भने । दूरीको हिसाबले दुनैदेखि खदाङसम्म पुग्न त्यति टाढा नभएकाले सदरमुकामसम्म मोटरबाटो नपुग्दै सञ्चालनमा ल्याइने बताइएको छ ।

डोल्पापछि सडक सञ्जालमा समेटिन नसकेको अर्को एक मात्र जिल्ला कर्णालीकै हुम्ला हो । हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न पनि सेना नै निर्माण कार्यमा जुटिरहेको छ । भौतिक तथा पूर्वाधार मन्त्रालयका अनुसार हुम्ला सदरमुकाम सिमकोटमा सडक पुग्न भने अझै ४–५ वर्ष लाग्नेछ ।

राष्ट्रिय सञ्जालसँगै उत्तर–दक्षिण करिडोर

डोल्पा सदरमुकाम सडकको राष्ट्रिय सञ्जालमा जोडिएसँगै दुई छिमेकी मुलुक चीन र भारत जोड्ने सबभन्दा छोटो मार्ग समेत सोही सडक हुनेछ । भेरी करिडोर नाम दिइएको उक्त सडक खण्डले चीनको स्वशाषित क्षेत्र तिब्बत–मारिम्ला भञ्ज्याङ–धो–दुनै–खदाङ–जाजरकोट–छिन्चु–नेपालगन्ज हुँदै रुपैडिहा नाकाबाट भारतलाई जोड्ने छ । दुवै छिमेकी मुलुकबाट प्रशस्त अवसर लिन सकिने सम्भावना भएकाले मन्त्रालयले उक्त सडकलाई रणनीतिक महŒवको रूपमा लिने गरेको छ । दक्षिणको रुपैडिडादेखि उत्तरको मरिमसम्मको दूरी करिब साढे चार सय किलोमिटर जति हुने बताइएको छ ।

 

प्रकाशित: १४ वैशाख २०७४ ०५:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App