बाग्लुङमा पेस्तोल र ११ राउण्ड गोली सहित एक युवा पक्राउ

बिहिबार, १४ बैशाख २०७४, १० : ४७ नागरिक

संगम घर्तीमगर
बाग्लुङ— जिल्लाको बुर्तिबाङबाट एक युवा हतियार सहित पक्राउ परेका छन्। बुधबार साँझ बुर्तिबाङको एक होटलमा फायरिङ गरेर भाग्दै गरेको श्याम रेश्मीलाई पक्राउ पेस्तोल र ११ थान गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ढोरपाटन नगरपालिका अन्तर्गत बुर्तिबाङ बसपार्कमा रहेको न्यू बुटवल थकाली भान्छा घरभित्र पसेर गोली चलाउने बडिगाडी गाउँपालिका—५ का ३३ वर्षिय रेश्मीलाई प्रहरीले पक्राउ गरेको हो।

ढोरपाटन नगरपालिका अन्तर्गत बुर्तिबाङ बसपार्कमा रहेको न्यू बुटवल थकाली भान्छा घरभित्र पसेर गोली चलाउने बडिगाडी गाउँपालिका—५ का ३३ वर्षिय रेश्मीलाई प्रहरीले पक्राउ गरेको हो।

 उनले चलाएको गोली होटेलको भित्तामा लागेर प्वाल परेको छ भने कुनै मानवीय क्षेती भने भएको छैन। घटनाको जाकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बुर्तिबाङको टोलीले पेस्तोल सहित भागेका रेश्मिलाई बुर्तिवाङ बजारदेखि करिब डेढ किलोमिटर टाढा मध्यपहाडी लोकमार्गको बुर्तिबाङ भिमगिठे खण्ड स्थित खप्तरीबाङ भन्ने ठाउँमा पक्राउ गरेको बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण रानाले बताए।

‘होटेलमा गोली चलेको खबर थाहा पाएपछि हामी तुरुन्त त्यहाँ पुग्यौं,’ प्रहरी निरीक्षक रानाले भने,‘हामी पुग्दा उ भागिसकेको रहेछ, खप्तरीबाङमा पुगेपछि हतियार सहित पक्राउ गर्न सफल भयौं।’ रेश्मीको साथबाट मेड ईन जापान लेखेको अटोमेटीक एक पेस्तोल, दुई थान म्याग्जिन र ११ राउण्ड गोली बरामद गरिएको उनले बताए।

रेश्मी लामो समयदेखि भारतमा बस्दै आएको र पछिल्लो समयमा नेपालमा आएर ग्रामीण क्षेत्रमा विभिन्न व्यक्तिहरुलाई पिट्ने तर्साउने लगायतका गतिविधि गर्दै आएको पाईएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रवक्ता डिएसपी अनिलकुमार खड्काले बताए ।

होटेलमा पुगेपछि बुर्तिबाङका स्थानीय युवाहरुलाई बोलएर यहाँका डनहरुलाई ठिक पार्न आएको हुँ भन्दै कुरा गरेको प्रत्यक्षदर्शीले बताएको प्रहरीले जनायो। रेश्मीले किन गोली चलाए भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।








यसमा तपाईको मत

अन्य समाचार

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

Ncell Footer Ad