८ वैशाख २०८१ शनिबार
समाज

सप्तकोसीमा बगेकी बालिका मृत फेला

इटहरी—सुनसरीको बराह नगरपालिका–१ निवासी पूर्ण तामाङकी ९ वर्षीया छोरी प्रकृति तामाङ बुधबार दिउँसो २:३० बजेतिर सप्तकोसी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएपछि खोजतलास गर्ने क्रममा ४:१५ बजे बगेको स्थानदेखि दुईसय मिटर दक्षिणमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

नदीमा साथीहरुसँगै नुहाउने क्रममा बगेकी बालिकाको शवलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोलीले मृत अवस्थामा फेला पारेर परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको पनि जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

घटनाका विषयमा प्रहरीले स्थानीयवासीसँग सोधखोज एवम् अनुसन्धान जारी राखेको पनि कार्यालयले जनाएको छ। रासस

प्रकाशित: १४ वैशाख २०७४ ०४:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App