coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

भूकम्पको वार्षिकीमा वृत्तचित्र प्रदर्शन

काठमाडौं– नुवाकोट रातोमाटेका भूकम्प पीडित लालबहादुरको कथामा आधारित रहेर निर्माण गरिएको वृत्तचित्र ‘लालबहादुरको कविता’ राजधानीमा प्रदर्शन गरिएको छ । विनाशकारी भूकम्पको दोस्रो वार्षिकी पारी कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा भएको कार्यक्रममा लालपुर्जाविहिन लालबहादुरको गुनासोसहितको वृत्तचित्र प्रदर्शन गरिएको हो ।

बाजा समूहले सांगीतिक प्रस्तुति दिएको कार्यक्रममा सौरभ बत्यालले कविता वाचन गरेका थिए । कार्यक्रममा फिल्म ‘कालो पोथी’ पनि प्रर्दशन गरिएको थियो । नेपाल राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका विषेशज्ञ डा. हरिराम पराजुली, डा. चन्द्र श्रेष्ठसहित करिब ५ सय दर्शक उपस्थित कार्यक्रममा भूकम्पमा ज्यान गुमाएका प्रति शान्तिको कामना गर्दै दिप बालिएको थियो ।

कार्यक्रममा प्राडा विद्यानाथ कोइरालाले भूकम्पको क्षण सम्झना गर्दै त्यो दुःखलाई सुखमा बदल्नु पर्ने बताए । पुर्ननिर्माण प्राधिकरणका विज्ञ डा. भण्डारीले प्राधिकरण एक्लैले सबै काम गर्न नसक्ने भएकाले सबैको एक्यबद्धता हुनुपर्ने जनाए । वैशाख १२ गतेको दिनलाई सम्झदै बसन्त थापाले फिल्म, वृतचित्र जस्ता माध्यमलाई पुर्ननिर्माणमा जोडिनु प्रशंसनीय भएको बताए ।

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको प्रोत्साहनमा म्यूजिक म्याटर, ओमी सलुसन, इता ऐनिमेशन, साझा यातायातको सहकार्यमा सोलार सिनेमा नेपालले कार्यक्रम आयोजना गरेको थियो ।

 

प्रकाशित: १४ वैशाख २०७४ ०४:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App